प्रदीप ज्ञवालीद्वारा कार्यकर्तालाई सान्त्वना

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ८:१६ मा प्रकाशित

Pradip_Gywali_20120326091828गुल्मी, ७ मंसिर– नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीसँग पराजित भएपछि एमाले पोलिटब्युरो सदस्य प्रदीप ज्ञवालीले कार्यकर्तालाई निरास नहुन आग्रह गर्दै सान्त्वना दिएका छन् । उनले फेरि विजय सुनिश्चित हुने भन्दै मतदाता र कार्यकर्तालाई धन्यवादसमेत प्रकट गरेका छन् ।

विहिबार राति निर्वाचनको मत परिणाम सार्वजनिक भएपछि ज्ञवालीले शुक्रबार बिहान आफ्नो फेसबुकमार्फत ‘यो यात्रा हो जुन निरन्तर जारी रहने छ’ ज्ञवालीले भनेका छन्, ‘निरास नबनाैँ, एकछिन डाँडापारी लुकेको सूर्य फेरि उदाउने छ ।’ ज्ञवालीले पराजयको कारण कोही नभएर आफैँमा कमजोरी भएको हुनसक्ने समेत बताएका छन् । ‘यो प्रतिकुल परिणामको सम्पूर्ण जवाफदेही म लिन्छु, सायद उम्मेदवारको रुपमा ममा नै कमी थिए कि ?’ ज्ञवालीको भनाइ छ ।

ज्ञवालीले गुल्मीको विकास र गुल्मीवासीको दुःखसुखमा आफ्नो उपस्थिति सदैव रहने समेत बताउँदै आशिष दिने बुबाआमा, ससाना नानीहरु, ज्यान हत्केलामा राखेर खट्ने युथफोर्सका कार्यकर्ता र सम्पूर्ण प्रवासीलाई समेत धन्यवाद दिएका छन् ।

नेता प्रदीप ज्ञवालीले राखेको फेसबुक स्टाटसको पूर्ण पाठ:

संविधानसभा निर्वाचनमा मलाई आफ्नो अमूल्य मत प्रदान गर्नुहुने सम्पूर्ण गुल्मीवासीप्रति आभार व्यक्त गर्दछु । मलाई आशीष दिने वृद्ध बाबुआमाहरु हामीमा आफ्नो भविष्य देखेर नाच्ने–रमाउने साना नानीहरु, ज्यान हत्केलामा राखेर खटेका युथफोर्सका साथीहरु , कला–गलाले साथ दिने कलाकारहरु काठमाडु, बुुटवल र प्रवासी साथीहरु, तपार्इंहरुलाई म संधै ‘मिस’ गरिरहने छु । यो यात्रा हो, जुन निरन्तर जारी रहनेछ । गुल्मीको विकास र गुल्मीवासीको सुख दुःखमा मेरो उपस्थिति सदैव पाउनुहुनेछ । यो प्रतिकूल परिणामको सम्पूर्ण परिणाम म लिन्छु । सायद उम्मेदवारको रुपमा ममा नै कमी थिए कि ? निराश नबनौं, एक छिन डाँडापारि लुकेको सूर्य फेरि उदाउनेछ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us