
काठमाण्डु, ७ मंसिर– दोस्रो संविधानसभा निर्वाचनमा एमाले अध्यक्ष झलनाथ खनाल, एमाओवादीका वरिष्ठ नेता कृष्णबहादुर महरा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदार विजयी भएका छन् ।
एमालेका खनालले इलाम १ बाट विजयी भएका छन् । खनालले आफ्ना प्रतिद्वन्द्वी काँग्रेसका हिमालय कर्माचार्यलाई पराजित गरेका हुन् । खनालले १७ हजार ३ सय ४० मत प्राप्त गर्दा उहाँका प्रतिद्वन्द्वी काँग्रेसका हिमालय कर्माचार्यले १५ हजार ५ सय २७ मत प्राप्त गरे । खनाल यसअघि २०६४ सालको निर्वाचनमा पनि इलाम क्षेत्र नम्बर १ वाटै विजयी भएका थिए ।
एमाओवादीका महरा रोल्पा १ बाट र फोरमका गच्छदार सुनसरी ३ बाट विजयी भएका हुन् । फोरमका गच्छदार मोरङ ७ मा भने काँग्रेसका शेखर कोइरलासँग पराजित भएका थिए ।