प्रचण्डबिना शान्ति र संविधान निष्कर्षमा पुग्दैन: कोइराला

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ८:१५ मा प्रकाशित

बाँके, ७ मंसिर–काँग्रेस सभापति सुशील कोइरालाले एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिना शान्तिप्रक्रिया र संविधान लेखनकार्यले sushilपूर्णता पाउन नसक्ने बताएका छन् ।
संविधानसभा सदस्यका लागि बाँके–३ बाट निर्वाचित भएपछि सञ्चारकर्मीसँग कोइरालाले निर्वाचन परिणामले पछि परे पनि माओवादी र त्यसका अध्यक्ष प्रचण्डको भूमिका मुलुकका लागि निर्णायक रहेको बताए ।
उनले प्रचण्डसँग टेलिफोनमा कुरा गर्न पटकपटक भएको प्रयास सफल नभएको उल्लेख गरे । आफू काठमाण्डु पुगेलगत्तै प्रचण्डसँग भेट गरी कुरा गर्ने जानकारी दिए ।
उनले निर्वाचन परिणामले कसैलाई बढी र कसैलाई कम स्थान दिए पनि सहमति र सहकार्यबाटै शान्ति र संविधानको कार्यभार पूरा गर्नुको विकल्प नरहेको स्पष्ट गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us