सुवास नेम्बाङको राष्ट्रपति बन्ने इच्छा

काठमाण्डु टुडे २०७० मंसिर ७ गते १०:३५ मा प्रकाशित

subash nembangइलाम, ७ मङ्सिर- इलाम २ का विजयी एमाले नेता सुवासचन्द्र नेम्बाङले राष्ट्रपति बन्ने इच्छा देखाएका छन् । विजयी हासिल गरेपश्चात इलाममा शुक्रबारदिउँसो आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सो इच्छा जाहेर गरेका हुन् ।

अब तपाईं नेपालको राष्ट्रपति बन्नुहुन्छ नि ? भनेर सञ्चारकर्मीले सोधेको एक प्रश्नमा नेम्बाङले भने, ‘पार्टीले दिएको जिम्मेवारी बहन गर्न तयार छु आइलागे पछि हड्दिनँ ।’ जनताले अब कुनै पनि पार्टीलाई जनताले दुई तिहाई बहुमत नदिएकाले सबै दल मिलेर एक वर्षभित्रमा संविधान बनाउनुको विकल्प नरहेको उनको भनाइ थियो ।

संविधान बनाउन जनताले दिएको विश्वासका साथ एक वर्षमा संविधान बनाउने र बाँकी समयमा विकास निर्माण गरी मुलुकको आर्थिक रूपान्तरण गर्नेमा समेत उनले जोड दिए । विगतका उपलब्धिलाई संस्थागत गरी प्रक्रियामा भाग लिएका र नलिएका दलहरूलाई पनि सहमतिमा ल्याएर अघि बढ्नुपर्नेमा नेम्बाङको जोड थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us