राप्रपा र तमलोपा दुई-दुई स्थानमा विजयी

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ३:१५ मा प्रकाशित

Raprapaराप्रपाले दुई स्थानमा विजय हासिल गरेको छ । पछिल्लो मतपरिणाम अनुसार चितवन क्षेत्र नम्बर ५ बाट राप्रपाका महामन्त्री विक्रम पाण्डे विजयी भएका छन् । यसैगरी धनकुटा क्षेत्र नं. २ बाट राप्रपाका सुनिल बहादुर थापा विजयी भएका छन् ।

तमलोपा पनि दुई स्थानमा विजयी भएको छ । रुपन्देही ६ बाट तमलोपाका सर्वेन्द्र नाथ शुक्ल र रुपन्देही ७ बाट कमलेश पुरी विजयी भएका हुन् ।

फोरम लोकतान्त्रिकबाट रौतहट क्षेत्र नम्बर २ मा मोहम्मद मुस्ताफ आलम विजयी भएका छन् ।
कपिलवस्तुबाट स्वतन्त्र उम्मेदवार असअद कमाल विजयी भएका छन् । उनले ४,६७३ मत ल्याएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us