एमाओवादी प्रवक्ता सापकोटा विजयी

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ८:१७ मा प्रकाशित

Ucpn-Maoistसिन्धुपाल्चोक, ७ मंसिर– सिन्धुपाल्चोक २ मा एमाओवादीका अग्नि सापकोटा विजयी भउका छन् । एमाओवादी प्रवक्ता समेत रहेका सापकोटाले १२ हजार ५ सय ८ मत ल्याएर विजयी भएका हुन् ।

त्यस्तै उनका प्रतिद्वन्द्वी एमालेका सुवास कर्माचार्य ले १२ हजार १ सय ९१ मत ल्याएका हुन् । एमाओवादीको यो जितसँगै हालसमम १३ सिटमा ल्याएको छ । एमाओवादीले षडयन्त्र र धाँधलीपुर्ण रुपमा मतगणना भइरहेके भन्दै निर्वाचन प्रक्रियाबाट अलग भएकोले विजयी सापकोटाले प्रमाणपत्र भने लिएका छैनन् ।

महोत्तरी १ बाट एमाओवादीका गिरिराजमणि पोखरेल विजयी भएका छन् । पोखरेलले १० हजार ८ सय ९५ मत ल्याएका छन् । यससँगै एमाओवादीले १३ सिट ल्याएका छन् ।

त्यस्तै एमाओवादीबाट गोरखा क्षेत्र नम्बर १ बाट डा. बाबुराम भट्टराई र गोरखा २ बाट हितराज पाण्डे विजयी भएका छन् ।

अर्घाखाँची १ बाट टोपबहादुर रायमाझी र सिन्धुली ३ बाट हरिबोल गजुरेल विजयी भएका छन् ।

यस्तै रुकुम क्षेत्रनम्बर २ बाट एमाओवादीका गणेशमान पुन विजयी भएका छन् । त्यस्तै रुकुम १ बाट जनार्दन शर्मा प्रभाकर विजयी भएका छन् ।

बर्दियाका चार क्षेत्रमध्ये दुईवटा क्षेत्रमा एमाओवादी विजयी भएको छ । जसअनुसार क्षेत्र नम्बर ३ बाट सन्तकुमार थारु र बर्दिया ४ बाट मानबहादुर थारु विजयी भएका हुन् ।

यसैगरी मोरङ क्षेत्र नम्बर ४ बाट शिवकुमार मण्डल विजयी भएका छन् । सप्तरी ३ बाट एमाओवादीका उमेशकुमार यादव विजयी भएका छन् । रोल्पा १ बाट एमाओवादीका कृष्णबहादुर विजयी भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us