मतपेटिका लाने क्रममा षडयन्त्र भएको संघीय समाजवादीको ठहर

काठमाण्डु टुडे २०७० मंसिर ६ गते १४:५८ मा प्रकाशित

ashok raiकाठमाण्डु, ६ मंसिर– संघीय समाजवादी पार्टीले निर्वाचनपछि मतपेटिका ल्याउने क्रममा धाँधली र षडयन्त्र भएको बताएको छ । मतदान सकिए पश्चात मतपेटिका संकलन गर्ने तथा मतगणना गर्ने क्रममा देखिएका घटनाहरुले दुःखित र क्षुब्ध बनाएको भन्दै संघीय समाजवादीले त्यस्ता घटनाप्रति आपत्ति जनाएको छ ।

विहिबार पार्टी अध्यक्ष अशोक राईले एक प्रेस विज्ञप्ति जारी गर्दै संघीय समाजवादीले ‘विगतमा मतदानको काम सकिने बित्तिकै मतगणना स्थलमा मतपेटिका लाने र मतगणना प्रारम्भ गर्ने काम हुने गरेकामा यसपटक तत्काल मतगणना नगरी मतपेटिका राजनीतिक दलका प्रतिनिधिहरु विना नै सुरक्षा निकायको नियन्त्रणमा राखेको, ५ गते मात्र मतगणना प्रारम्भ गरेको’ भन्दै आपत्ति जनाएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘मतगणनाको क्रममा मतपेटिकाका  शिलहरु तोडिएको र मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेट्टिएको, खसेको मतभन्दा मतत्रहरु कहिँ बढी र कहिँ घटी देखिएको अधकट्टी सहितको मतपत्र भेट्टिएको तथा एक ठाउँमा लानुपर्ने मतपेटिका अर्को ठाउँमा लगेको जस्ता आपत्तिजनक कार्यहरु भएकाले यो निर्वाचनको परिणाम प्रायोजित र धाँधलीपूर्ण भएको भन्न सकिने आधारहरु रहेका छन् ।’

सो पार्टीले काठमाडौं, उदयपुर, संखुवासभा, सप्तरी लगायतका जिल्लाहरुमा खसेको मतभन्दा मतपत्रहरु कहिँ बढी र कहिँ घटी देखिएको, इलाममा अधिकट्टी सहितको मतपत्र भट्टिएको तथा एक ठाउँमा लानु पर्ने मतपेटिका अर्को ठाउँमा लगेको जस्ता सबुत प्रमाणहरु रहेको बताएको छ ।

विज्ञप्तिको पूर्ण पाठः

प्रिय पत्रकार बन्धुहरु,

यही २०७० मंसिर ४ गते छिटफुट घटनाको बाबजुद देशैभर शान्तिपूर्ण रुपमा संविधानसभाको दोस्रो निर्वाचन सम्पन्न भएको छ । तर मतदान सकिए पश्चात मतपेटिका संकलन गर्ने तथा मतगणना गर्ने क्रममा देखिएका घटनाहरुले हामीलाई दुःखित र क्षुब्ध बनाएको छ । खासगरी विगतमा मतदानको काम सकिने बित्तिकै मतगणना स्थलमा मतपेटिका लाने र मतगणना प्रारम्भ गर्ने काम हुने गरेकामा यसपटक तत्काल मतगणना नगरी मतपेटिका राजनीतिक दलका प्रतिनिधिहरु विना नै सुरक्षा निकायको नियन्त्रणमा राखेको, ५ गते मात्र मतगणना प्रारम्भ गरेको, मतगणनाको क्रममा मतपेटिकाका  शिलहरु तोडिएको र मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेट्टिएको, खसेको मतभन्दा मतत्रहरु कहिँ बढी र कहिँ घटी देखिएको अधकट्टी सहितको मतपत्र भेट्टिएको तथा एक ठाउँमा लानुपर्ने मतपेटिका अर्को ठाउँमा लगेको जस्ता आपत्तिजनक कार्यहरु भएकाले यो निर्वाचनको परिणाम प्रायोजित र धाँधलीपूर्ण भएको भन्न सकिने आधारहरु रहेका छन् । खासगरी कैलाली, कमवानपुर, मोरङ, इलामलगायत आम रुपमा उम्मेदवारको प्रतिनिधिविना नै मतपेटिका जम्मा गरी राखेको, तनहूँ, मोरङ, कैलाली, बारा लगायतका जिल्लाहरुमा मतपेटिकाका शिलहरु तोडिएको तथा उप्काइएको भेट्टिएको काठमाडौं, उदयपुर, संखुवासभा, सप्तरी लगायतका जिल्लाहरुमा खसेको मतभन्दा मतपत्रहरु कहिँ बढी र कहिँ घटी देखिएको, इलाममा अधिकट्टी सहितको मतपत्र भट्टिएको तथा एक ठाउँमा लानु पर्ने मतपेटिका अर्को ठाउँमा लगेको जस्ता यसको सबुत प्रमाणहरु हुन् । यसरी जनताले दिएको अभिमतलाई सुरषाको नाममा हेरफेर भएको आधारहरु भेट्टिएकाले यो निर्वाचन धाँधलीपूर्ण भएको हामीले महसुस गरेका छौं । तसर्थ हाम्रो पार्टी पुनः मतदानको माग गर्दछ । यसबारे थप धारणाहरु पार्टीको बैठकपछि तय गरिने व्यहोरा जानकारी गराउँछौं ।

अशोककुमार राई
अध्यक्ष
संघीय समाजवादी पार्टी

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us