गगन थापा भन्छन्–‘देशमा प्रचण्डको खाँचो छ’

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ४:२२ मा प्रकाशित

Gagan-Thapaकाठमाण्डु, ७ मंसिर–नेपाली काँग्रेसका युवा नेता गगन थापाले देशमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को खाँचो रहेको बताएका छन् । काठमाण्डु क्षेत्र नम्बर ४ बाट चुनाव जितेको प्रमाणपत्र लिएपछि नयाँबानेश्वरस्थित अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा सन्चारकर्मीसँग कुरा गर्दै थापाले प्रचण्डलाई दुरदर्शी र हिम्मत नहार्ने नेताको रुपमा ब्याख्या गरे ।

संविधानसभाबाट बाहिरिने एमाओवादीको चेतावनी सामान्य भएको उनले प्रतिकृया दिए । ‘चोट परेका बेला त्यतो अभिव्यक्ति आउनु  स्वाभाविक हो । थापाले भने, ‘उहाँहरुले आफ्नो निर्णयमा पुनर्विचार गर्नुहुन्छ भन्ने मलाई विश्वास छ । किनकी यो देशमा प्रचण्डको खाँचो छ ।’ संक्रमणकालबाट बाहिर निस्कने प्रयासमा रहेकाले देशलाई प्रचण्ड जस्तो नेता आवश्यक पर्ने थापाको भनाइ छ ।

एउटा पार्टीले मात्रै संविधान जारी गर्न नसक्ने भन्दै उनले सबै दल मिलेर एक बर्षभित्र संविधान बनाउनु पर्ने र देशलाई आर्थिक सम्वृद्धिमा लैजानुपर्नेमा जोड दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us