राजनीति

सबै मिलेर संविधानसभा सफल पारौं: खनाल

२०७० मंसिर ८ गते १४:२६

इलाम, ८ मंसिर– एमाले अध्यक्ष झलनाथ खनालले सबै मिलेर संविधानसभाबाट संविधान जारी गर्नुको विकल्प नरहेको बताउनुभएको छ । संविधानसभा निर्वाचनमा विजयी भएपछि इलाममा शनिबार भएको विजय जुलसपछि कार्यकर्ता र मतदातालाई सम्बोधन गर्दै खनालले संविधानसभामा सबैको भूमिका आवश्यक रहेको बताए । उनले निर्वाचनमा सहभागी भइसकेपछि...

संघीय समाजवादीद्वारा बहिष्कारको घोषणा

२०७० मंसिर ८ गते १३:३१

मोरङ, ८ मंसिर– संघीय समाजवादी पार्टी मोरङले मतगणनामा धाँधली भएको भन्दै निर्वाचन परिणाम स्वीकार नगर्ने बताएको छ । शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संघीय समाजवादीका मोरङ जिल्ला अध्यक्ष सुन्दरलाल सिंह गन्गाइले सङ्घीयतावादीलाई पाखा लगाउन षडयन्त्रपूर्वक मतगणनामा धाँधली गरिएको बताए । उनले संघीयनावादीलाई पराजित गर्न...

संविधानसभा प्रतिक्रान्तिको हतियार बन्ने खतरा : एमाओवादी

२०७० मंसिर ८ गते १०:४५

काठमाण्डु, ८ मंसिर– एकीकृत माओवादीमा ४ मंसिरको संविधानसभाबाट जनताको अभिमतविपरीत परिणाम आएकाले त्यसलाई स्वीकार्न नसकिने मत बलियो देखिएको छ । आइतबारदेखि सुरु हुने केन्द्रीय समिति बैठकका एजेण्डा तथा संविधानसभा निर्वाचनमा पार्टी पराजित हुनुको कारणबारे छलफल गर्न आइतबार बसेको पूर्वपोलिट्ब्युरो सदस्य र राज्य समिति संयोजकहरुको...

निर्णय पुनरावलोकन गर्न एमाओवादीलाई कोइरालाको आग्रह

२०७० मंसिर ८ गते ८:१३

चितवन, ८ मङ्सिर–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मतगणनाको पुनरावलोकन सम्भव नभएको बताएका छन । चितवनको क्षेत्र नं ४ मा विजयी प्रमाणपत्र बुझेपछि सोही कार्यक्रममा सभापति कोइरालाले एकीकृत नेकपा (माओवादी)ले आफ्नो निर्णयलाई पुनरावलोकन गर्नु जरुरी रहेको बताए । स्वदेशी र विदेशी समुदाय शान्तिपूर्ण निर्वाचन सम्पन्न...

जवाफी कारबाही गर्ने चेतावनी

२०७० मंसिर ८ गते ८:१०

काठमाण्डु ८ मंसिर–अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य मदन भट्टराई माथि आक्रमण गर्ने माथि घाइते बनाउने काँग्रेस कार्यकर्तालाई कारवाही नगरेमा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भट्टराइको शिघ्र स्वास्थ लाभको कामना गर्दै शनिवार त्यस्तो चेतावनी दिएका हुन । भट्टराई माथि...

शान्ति प्रक्रिया र संविधान लेखन प्राथमिकता

२०७० मंसिर ८ गते ८:०७

इलाम ८ मङ्सिर–नेकपा (एमाले)का अध्यक्ष झलनाथ खनालले जनताको समर्थनबाट आफूहरूलाई बढी जिम्मेवारी थपिएको बताएका छन । उनले भने,“शान्ति प्रक्रिया र संविधान लेखन कार्य हाम्रो प्राथमिकता हो ।” इलाम चोकबजारमा शनिवार आयोजित विजयी सभालाई सम्बोधन गर्ने क्रममा नेता खनालले शान्ति प्रक्रिया र संविधान निर्माण अझै...

उत्तेजित नहुन एमाओवादीलाई ओलीको आग्रह

२०७० मंसिर ८ गते ५:३२

भद्रपुर, ८ मङ्सिर–नेकपा (एमाले)का नेता एवम् नवनिर्वाचित सभासद् केपी शर्मा ओलीले लोकतन्त्रको प्रणालीअन्तर्गत निर्वाचनमा सहभागी भएपछि त्यसको परिणामलाई सहजतापूर्वक स्विकार्नु सबैको लागि आवश्यक रहेको बताएका छन । भmापा क्षेत्र नं ७ बाट विजय भएपछि आयोजित कार्यक्रममा एमाओवादीलाई निर्वाचनको परिणामप्रति असन्तृष्टि प्रकट गरी आवेशमा नआउन...

पराजय अर्को ठूलो विजयको संकेतः भट्टराई

२०७० मंसिर ८ गते ४:२४

काठमाण्डु, ८ मंसिर– एकीकृत माओवादीका नेता डा. बाबुराम भट्टराईले संविधानसभा निर्वाचनमा आफ्नो पार्टी पराजित भए पनि पार्टीले उठाएको एजेन्डाको पराजयको रुपमा नलिएको बताएका छन् । उनले भनेका छन्, ‘यसपालिको मेरो र हाम्रो पार्टीको पराजयलाई हामीले अर्को ठूलो विजयको सङ्केतको रुपमा ग्रहण गरेका छौं । मूलतः...

समानुपातिक मतको गणना आजदेखि

२०७० मंसिर ८ गते २:४१

काठमाण्डु, ८ मङ्सिर– संविधानसभा निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको काठमाण्डुको मतगणना शनिवारदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुदैछ । जिल्ला निर्वाचन कार्यालयका मुख्य निर्वाचन अधिकृत अच्यूत विष्टले समानुपातिक निर्वाचन प्रणालीको मतगणना कार्य भोलिदेखि सम्मेलन केन्द्रमा सुरु हुने जानकारी दिनुभयो । काठमाण्डु जिल्लामा पहिलो निर्वाचित हुने निर्वाचनको...

एमाले अध्यक्ष खनाल सर्लाहीमा पराजित

२०७० मंसिर ८ गते १:२३

सर्लाही, ८ मंसिर – एमाले अध्यक्ष झलनाथ खनाल संविधानसभा निर्वाचनमा सर्लाही–१ बाट पराजित भएका छन् । खनाल एकीकृत माओवादीका शम्भुलाल श्रेष्ठबाट पराजित भएका हुन् । श्रेष्ठले ९ हजार ४ सय ७६ तथा निकटतम प्रतिद्वन्द्वी खनालले ८ हजार ७ सय ९० मत पाए । श्रेष्ठ...

राजेन्द्र महतोको सद्भावना पार्टीद्वारा धाँधली भएको ठहर

२०७० मंसिर ७ गते १४:३४

सर्लाही, ७ मंसिर– सद्भावाना पार्टीले संविधानसभा निर्वाचनमा धाँधली भएको ठहर गरेको छ । सदभावनाका विशेष दललाई जिताउने गरि नियोजित रुपमा निर्वाचन आयोगले धाँधली गरेको बताएका छन् । अध्यक्ष राजेन्द्र महतोले ‘यस्तो चुनावबाट संघीयतासहितको संविधान नबन्ने’ बताउँदै भनेका छन्, ‘दोस्रो संविधान सभाको निर्वाचन स्वच्छ, निश्पक्ष,...

फोरम नेपाल र संघीय गणतान्त्रिकद्वारा चुनाव बहिष्कार

२०७० मंसिर ७ गते १४:२८

काठमाण्डु, ७ मंसिर– मंसिर ४ गतेको संविधानसभाको निर्वाचन विदेशी चलखेलमा र धाँधली र षडयन्त्रपूर्वक रुपमा भएको भन्दै मघेसी जनअघिकार फोरम, नेपाल र संघीय गणतान्त्रिक समाजवादी पार्टीले चुनावको सबै प्रक्रियाबाट अलग भएको छ । शुक्रबार काठमाण्डुको मिडिया इन्टरनेशनलमा मधेसी जनअघिकार फोरम, नेपाल र संघीय गणतान्त्रिक...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us