जवाफी कारबाही गर्ने चेतावनी

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ८:१० मा प्रकाशित

काठमाण्डु ८ मंसिर–अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य मदन भट्टराई माथि आक्रमण गर्ने माथि घाइते बनाउने काँग्रेस कार्यकर्तालाई कारवाही नगरेमा जवाफी कारबाही गर्ने चेतावनी दिएको छ । अखिल क्रान्तिकारीका अध्यक्ष हिमाल शर्माले भट्टराइको शिघ्र स्वास्थ लाभको कामना गर्दै शनिवार त्यस्तो चेतावनी दिएका हुन । भट्टराई माथि काँग्रेसका कार्यकर्ताले मंसिर ५ गते म्याङलुङ बजारस्थित उद्योग बाणिज्य संघको हल अगाडि काँग्रेस कार्यकर्ताले आक्रमण गरी घाइते बनाएका थिए ।
Himal
“सम्पूर्ण वामपन्थी, प्रगतिशील, देशभक्त तथा जनतान्त्रिक विद्यार्थीहरु एकजुट होऔं !
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी)
केन्द्रीय समिति
प्रेस विज्ञप्ति
हाम्रो महान् तथा गौरवशाली संगठन अनेरास्ववियू (क्रान्तिकारी) तेह्रथुममा २०७० मंसिर  ५ गते वेलुका भएको घटनाप्रति गम्भिर भएको छ । हाम्रो संगठन केन्द्रीय सदस्य क. मदन भट्टराई माथि काग्रेसी गुण्डाहरुले गरेको आक्रमण निन्दनीय छ र यसको हामी घोर भ्रत्सना गर्दछौं ।
मंसिर ५ गते साझ म्याङलुङ बजार स्थित उद्योग वाणिज्य सङ्घको हल भन्दा केही अगाडी कांग्रेसका जिल्ला कोषाध्यक्ष सन्तोष मिन्लेखु लगाएत तरुण दलमा संलग्न केही गुण्डाहरुले आक्रमण गरी क. मदन भट्टराई घाइते हुनुभएको छ । हामी उहाको सिघ्र स्वास्थ लाभको कामना गर्दै कांग्रेसी गुण्डाहरुलाई तत्काल कारबाही गर्न प्रहरी प्रशासन संग अनुरोध गर्दछौं । नत्र हामी आफै जवाफी कारवाही गर्न बाध्य हुनेछौं
मिति २०७० मंसिर ०८ गते
हिमाल शर्मा
अध्यक्ष

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us