सबै मिलेर संविधानसभा सफल पारौं: खनाल

काठमाण्डु टुडे २०७० मंसिर ८ गते १४:२६ मा प्रकाशित

इलाम, ८ मंसिर– एमाले अध्यक्ष झलनाथ खनालले सबै मिलेर संविधानसभाबाट संविधान जारी गर्नुको विकल्प नरहेको बताउनुभएको छ ।
Jhalanath-Khanalसंविधानसभा निर्वाचनमा विजयी भएपछि इलाममा शनिबार भएको विजय जुलसपछि कार्यकर्ता र मतदातालाई सम्बोधन गर्दै खनालले संविधानसभामा सबैको भूमिका आवश्यक रहेको बताए ।

उनले निर्वाचनमा सहभागी भइसकेपछि परिणाम स्वीकार गर्दिन भन्ने अभिव्यक्ति दिन नमिल्ने उल्लेख गरे । एकपटक निर्वाचनमा पराजित हुँदैमा आवेगमा आएर दिएको अभिव्यक्तिले कसैलाई फाइदा नपुग्ने खनालको भनाइ थियो ।

‘सबै मिलेर संविधानसभा निर्वाचन सफल पार्नुपर्छ’, खनालले भने, ‘निर्वाचनमा पराजित हुँदैमा आवेगमा दिएको अभिव्यक्तिले कसैलाई फाइदा गर्दैन ।’ उनको अभिव्यक्ति एकीकृत माओवादीतर्फ लक्षित थियो ।

कार्यक्रममा इलाम–१ बाट निर्वाचित एमाले नेता एवम् पूर्वसभाध्यक्ष सुवास नेम्वाङले एक वर्षभित्र जनअपेक्षा अनुसार संविधान निर्माण गर्ने बताए । उनले गत संविधानभाले गरेको कामको स्वामित्व लिनुपर्ने उल्लेख गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us