निर्णय पुनरावलोकन गर्न एमाओवादीलाई कोइरालाको आग्रह

काठमाण्डु टुडे २०७० मंसिर ८ गते ८:१३ मा प्रकाशित

चितवन, ८ मङ्सिर–नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले मतगणनाको पुनरावलोकन सम्भव नभएको बताएका छन । चितवनको क्षेत्र नं ४ मा विजयी प्रमाणपत्र बुझेपछि सोही कार्यक्रममा सभापति कोइरालाले एकीकृत नेकपा (माओवादी)ले आफ्नो निर्णयलाई पुनरावलोकन गर्नु जरुरी रहेको बताए । स्वदेशी र विदेशी समुदाय शान्तिपूर्ण निर्वाचन सम्पन्न भएपछि संविधान बन्नेमा निकै आशावादी भएको भन्दै सबैको आशालाई एमाओवादीले निराशामा बदल्न नसक्ने उनले बताए ।
सबै दललाई समेटेर लोकतान्त्रिक संविधान बनाउने कुरामा काँग्रेस कटिबद्ध भएर लाग्ने बताउँदै सभापति कोइरालाले त्यसका लागि काठमाण्डु फर्केलगत्तै छलफल थाल्ने बताए ।
एकीकृत नेकपा (माओवादी) र नेकपा माओवादी नेतृत्वको ३३ दलीय मोर्चालाई समेत समेटेर जनमतलाई कदर गर्दै संविधान बनाउनेतर्फ आफू केन्द्रित हुने सभापति कोइरालाको भनाइ थियो ।
एक वर्षभित्र संविधान बनाएर एक दशकमा नेपालले आर्थिक विकासमा ठूलो फड्को मानुपर्ने भन्दै उनले अब दलहरुबीचमा सहमति हुन नसके देश दुर्घटनातर्फ जाने बताए ।
संविधान निर्माण प्रक्रियामा एमाओवादी समेटिने

सभापति सुशील कोइरालाले संविधान निर्माण प्रक्रियामा एकीकृत नेकपा–माओवादी र अन्य सबै दललाई समेत समावेश गरिने बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us