
सर्लाही, ८ मंसिर – एमाले अध्यक्ष झलनाथ खनाल संविधानसभा निर्वाचनमा सर्लाही–१ बाट पराजित भएका छन् ।
खनाल एकीकृत माओवादीका शम्भुलाल श्रेष्ठबाट पराजित भएका हुन् । श्रेष्ठले ९ हजार ४ सय ७६ तथा निकटतम प्रतिद्वन्द्वी खनालले ८ हजार ७ सय ९० मत पाए ।
श्रेष्ठ काँग्रेसले टकट वितरणमा अन्याय गरेको भन्दै मनोनयन दर्ता गर्नुभन्दा केही अघिमात्र एमाओवादी प्रवेश गरेका थिए । अध्यक्ष खनाल इलाम–२ बाट भने यसअघि नै विजयी भइसकेका छन् ।