संघीय समाजवादीद्वारा बहिष्कारको घोषणा

काठमाण्डु टुडे २०७० मंसिर ८ गते १३:३१ मा प्रकाशित

Federal-socialist-party-sanghiyaमोरङ, ८ मंसिर– संघीय समाजवादी पार्टी मोरङले मतगणनामा धाँधली भएको भन्दै निर्वाचन परिणाम स्वीकार नगर्ने बताएको छ ।

शनिबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै संघीय समाजवादीका मोरङ जिल्ला अध्यक्ष सुन्दरलाल सिंह गन्गाइले सङ्घीयतावादीलाई पाखा लगाउन षडयन्त्रपूर्वक मतगणनामा धाँधली गरिएको बताए ।

उनले संघीयनावादीलाई पराजित गर्न पहिलो संविधानसभा तुहाइएको उदाहरण दिँदै दोस्रो संविधानसभा निर्वाचनमा धर्मनिरपेक्षता, गणतन्त्र, सङ्घीयता, समानुपातिक र समावेशी प्रणालीलाई पाखा लगाउन सेना, प्रहरी, प्रशासन र कर्मचारीको सहयोगमा मतगणनामा धाँधली भएको आरोप लगाए ।

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गरेर मधेसी जनअधिकार फोरम नेपाल, फोरम लोकतान्त्रिकलगायतका दलहरुले धाँधली भएको आरोप लगाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us