
भद्रपुर, ८ मङ्सिर–नेकपा (एमाले)का नेता एवम् नवनिर्वाचित सभासद् केपी शर्मा ओलीले लोकतन्त्रको प्रणालीअन्तर्गत निर्वाचनमा सहभागी भएपछि त्यसको परिणामलाई सहजतापूर्वक स्विकार्नु सबैको लागि आवश्यक रहेको बताएका छन ।
भmापा क्षेत्र नं ७ बाट विजय भएपछि आयोजित कार्यक्रममा एमाओवादीलाई निर्वाचनको परिणामप्रति असन्तृष्टि प्रकट गरी आवेशमा नआउन र उत्तेजना नदेखाउन आग्रह गरेका हुन । उनले भने,“कुनै पनि हालतमा यो संविधानसधालाई असफल हुन नदिनका लागि सबै मिलेर सङ्घीय लोकतान्त्रिक संविधान एक वर्षभित्र निर्माण गर्नतर्फ अग्रसर हुनुपर्छ, संविधान निर्माणका लागि सबैसँग छलफल गरिने छ ।”
नेता ओलीले शान्ति, लोकतान्त्रिक सामाजिक न्याय, सद्भाव, राष्ट्रिय एकताका पक्षधर तथा समग्र देशको जित भएको स्पष्ट पारेका छन । एक पल्ट फेरि पुराना लोकतान्त्रिक शक्तिका रुपमा रहेको नेपाली काँग्रेस र नेकपा (एमाले)लाई जनताले जिम्मेवारी दिएको उनले बताए ।