सिरहामा मधेसवादी दलहरुद्वारा पनि निर्वाचन बहिष्कार

काठमाण्डु टुडे २०७० मंसिर ६ गते १५:४३ मा प्रकाशित

forum ganatantrikसिरहा, ६ मंसिर– सिरहामा निर्वाचन धाँधलीपूर्ण भएको भन्दै मधेसवादी दलहरुले निर्वाचन बहिष्कार गरेका छन् । मतगणनाका समयमा धाँधली भएको देखिन आएको ठहर गर्दै उनीहरुले पत्रकार सम्मेलन गरेर निर्वाचन बहिष्कार गरेको घोषणा गरेका हुन् ।

फोरम लोकतान्त्रिक, फोरम गणतान्त्रिक, सदभावना पार्टी, तराई मधस सदभावना पार्टी, तमलोपा, तमलोपा नेपाल लगायतका मधेसवादी दलहरुले मतदाताले हालेका भोटभन्दा बढी भोट मतपेटिकामा पाइएकोमा आपत्ति जनाउँदै पत्रकार सम्मेलन गरेका हुन् । पटकपटक प्रमुख निर्वाचन अधिकृतलाई यसबारे भन्दा पनि सुनवाई नभएपछि बहिष्कार गर्न बाध्य भएको फोरम गणतान्त्रिकका वरिष्ठ नेता राजलाल यादवले बताए ।

सिरहाको सबै क्षेत्रको मतगणनाका क्रममा मतदान केन्द्रमा खसेको मतभन्दा बढी मत भेटिएको, मतपेटिकाको शिल तोडिएको लगायतका देखिएको उनीहरुको भनाइ छ । ती मधेसवादी दलहरुले निर्वाचन बहिष्कार गरेको एमाओवादीसँग मिलेर अघि बढ्ने पनि बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us