एमालेका विजयी उम्मेदवार

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ३:२० मा प्रकाशित

CPN-UMLकाठमाण्डु, ७ मंसिर–नेकपा एमालेका ४२ जना उम्मेदवारहरु विजयी भएका छन् । रौतहट १ र काठमाण्डु २ बाट बरिष्ठ नेता माधवकुमार नेपाल विजयी भएका छन् ।

यसैगरी प्युठान १ र बर्दिया १ बाट उपाध्यक्ष बामदेव गौतम विजयी भएका छन् । प्यूठान २ बाट हिराबहादुर केसीले जित हात पारेका छन् । यस्तै इलाम क्षेत्र नं. २ बाट सुभास चन्द्र नेम्वाङ विजयी (१४९३०मत) भएका छन् ।

यस्तै धादिङ १ बाट धनबहादुर घले, २ बाट गुरु बुर्लाकोटी र ३ बाट राजेन्द्र पाण्डे विजयी भएका छन् ।

बारा ४ बाट नजमा खातुन, ५ बाट बलबीर चौधरी र ६ बाट पुरुषोत्तम पौडेल विजयी भएका छन् ।

मोरङ १ बाट ऋषिकेश पोखरेल, २ बाट चण्डीप्रसाद राई र मोरङ ८ बाट चन्द्रबहादुर गुरुङ विजयी भएका छन् ।

मकवानपुर २ बाट सुवास ठकुरी, मकवानपुर ३ बाट अनन्त पौडेल र ४ बाट राजाराम स्याङतान विजयी भएका छन् ।

कास्की ३ बाट रविन्द्र अधिकारी र कास्की ४ बाट सीता गिरी विजयी भएका छन् ।

यसैगरी काठमाण्डु ३ बाट रामेश्वर फुयाँल र ७ बाट रामबीर मानन्धरले जित हासिल गरेका छन् ।

पाल्पा १ बाट राधाकृष्ण कँडेल र पाल्पा २ बाट सोमप्रसाद पाण्डे विजयी भएका छन् ।

बाँके १ बाट देवराज भार र बाँके ४ बाट दलबहादुर सुनार विजयी भएका छन् ।

बझाङ १ बाट मनप्रसाद खत्री र बझाङ २ बाट लालबहादुर रावल विजयी भएका छन् ।

झापा १ बाट रविन कोइराला, सिन्धुपाल्चोक ३ बाट शेरबहादुर तामाङ, अर्घाखाँची २ बाट डा. दुमन थापा, सुनसरी ६ बाट भीम आचार्य, तनहुँ ३ बाट टुकराज सिग्देल, कपिलबस्तु १ बाट बलराम अधिकारी, पाँचथर १ बाट गणेश काङमाङ र रसुवाबाट जनार्दन ढकालले जित हासिल गरेका छन् ।

यस्तै एमालेबाट विजयी हुने अन्न उम्मेदवारहरुमा गुल्मी ३ बाट गोकर्ण विष्ट, डोटी २ बाट प्रेमबहादुर आलेमगर, पर्वत २ बाट विकास लम्साल, धनकुटा १ बाट टिकाराम चेम्जोङ र डोल्पाबाट धनबहादुर बुढा रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us