नेपाली काँग्रेसका विजयी उम्मेदवार

काठमाण्डु टुडे २०७० मंसिर ७ गते ३:१९ मा प्रकाशित

Nepali-Congress-Treeदेशभरबाट हालसम्म नेपाली काँग्रेसका ४१ जना उम्मेदवार विजयी भएका छन् । बाँके ३ र चितवन ४ बाट सुशील कोइराला विजयी भएका छन् । यस्तै डडेल्धुरा र कैलाली ६ बाट शेरबहादुर देउवा विजयी भएका छन् भने तनहुँ २ बाट रामचन्द्र पौडेलले पनि जित हात पारेका छन् ।

यसैगरी झापा ३ बाट कृष्ण सिटौला, क्षेत्र नं. २ मा सुधीर सिवाकोटी, काठमाण्डु १ बाट प्रकाशमान सिंह, काठमाण्डु ४ बाट गगन थापा, काठमाण्डु ५ बाट नरहरि आचार्य, काठमाण्डु ६ बाट भिमसेनदास प्रधान, काठमाण्डु ८ बाट नविन्द्रराज जोशी, काठमाण्डु ९ बाट ध्यानगोविन्द रन्जित र काठमाण्डु १० बाट राजन केसी विजयी भएका छन् ।

दाङका पाँचवटै क्षेत्रमा काँग्रेसका उम्मेदवार विजयी भएका छन् । जसअनुसार दाङ १ बाट पार्वती डीसी चौधरी, दाङ २ बाट सुशीला चौधरी, दाङ ३ बाट राजु खनाल, दाङ ४ बाट बुद्धिराम भण्डारी र दाङ ५ बाट दिपक गिरी विजयी भएका छन् ।

ललितपुर क्षेत्र नं. २ मा नेपाली काँग्रेसका चन्द्र महर्जन विजयी भएका छन् ।

काँग्रेसका विजयी अन्य उम्मेदवारहरुमा कञ्चनपुर ४ बाट रमेश लेखक, बारा क्षेत्र नं.२ बाट राधेचन्द्र यादव, डोटी क्षेत्र नं १ बाट बीरवहादुर बलायर छन् ।

मकवानपुर १ बाट इन्द्र बानियाँ, काभ्रे १ बाट तीर्थ लामा, मुस्ताङबाट रोमी गौचन थकाली, गुल्मी २ बाट चन्द्र भण्डारी विजयी भएका छन् । यसैगरी तनहुँ १ बाट शंकर भण्डारी, कास्की १ बाट यज्ञबहादुर थापा विजयी भएका छन् ।

सिन्धुली २ बाट मोहनप्रसाद बराल, कास्की २ बाट शारदा पौडेल, पाल्पा ३ बाट हरिप्रसाद नेपाल, पाँचथर २ बाट भिष्मराज आङदम्बे, ललितपुर ३ बाट मदन अमात्य, पर्वत १ बाट अर्जुन जोशी र मनाङबाट टेकबहादुर गुरुङ विजयी भएका छन् ।

यस्तै रुपन्देही ५ बाट नेपाली काँग्रेसका भरत साह, बारा क्षेत्र नं. १ बाट काँग्रेसका राम अयोध्या यादव र मोरङ ९ मा डिक बहादुर लिम्वु विजयी भएका छन् ।

दुईवटा निर्वाचन क्षेत्र रहेको बैतडीमा क्षेत्र नं. २ बाट काँग्रेसका नरबहादुर चन्दले जित हासिल गरेका छन् । यस्तै संखुवासभा २ बाट दीपक खड्का र मोरङ ९ मा काँग्रेसका डिक बहादुर लिम्वु विजयी भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us