लोकतान्त्रिक संस्कार देखाऊ : सिंह

काठमाण्डु टुडे २०७० मंसिर ६ गते ६:१९ मा प्रकाशित

prakash man singकाठमाण्डु, ६ मंसिर–नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले जनताको मतको कदर गरी लोकतान्त्रिक संस्कार देखाउन एमाओवादीलाई आग्रह गरेका छन् । उनले स्वतन्त्र र निष्पक्ष निर्वाचन भएको दावी गर्दै निर्वाचन बहिष्कार गर्छु भन्नु अलोकतान्त्रिक चरित्र भएको धारणा राखे ।

मतगणनास्थल अन्तराष्ट्रिय सम्मेलन केन्द्र परिसरमा विहीबार पत्रकारसँग कुरा गर्दै महामन्त्री सिंहले आफ्नो पार्टी पहिलो हुने र पार्टीको घोषणापत्रअनुसार लोकतान्त्रिक संविधान निर्माण गर्ने बताए । उनले जनादेशलाई पालना गरी पार्टीले जनताका लागि आफ्नो प्रतिबद्धतालाई कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us