नुवाकोट-१ मा काँग्रेसबाहेक सबै दलद्वारा पुनः मतदान गर्न माग

काठमाण्डु टुडे २०७० मंसिर ६ गते ११:०७ मा प्रकाशित

nuwakot_district_mapकाठमाण्डु, ६ मंसिर–  राप्रपाका उम्मेदवार डा प्रकाशचन्द्र लोहनीले मतदान अधिकृत बाटै धाधली भएको भन्दै नुवाकोट क्षेत्र नम्बर १ मा पुन मतदान गर्न माग गरेका छन् ।

विहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर लोहनीले क्षेत्रको लिखु गाविसमा खटिएका मतदान अधिकृत केशव तिमल्सिनाले नेपाली काँग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीलाई जिताउन सबै मतदान केन्द्रमा सर्कुलर गरेको अडियो टेप भेटिएकाले सो क्षेत्रको मतदान स्थगित गरि नयाँ निर्वाचन गर्न माग गरेका हुन् ।

उनीसहित नेकपा एमालेका उम्मेदवार केशव पाण्डे, एमाओवादी उम्मेदवार विमला सुवेदीले पनि नयाँ मतदानको माग गर्दै जिल्ला निर्वाचन कार्यालयमा लिखित निवेदन दिएको जानकारी पत्रकार सम्मेलनमा दिएका छन् ।

मतदान अधिकृत तिमल्सिनाको टेपमा दुई सय ल्याप्चे लगाएर अरुको मत बदर गरिदिएको र अन्य तिरका मतदान अधिकृतलाई पनि सोही अनुरुप गर्न आग्रह गरिएको छ । लोहनीले आफूले प्रमुख निर्वाचन आयूक्त निलकण्ठ उप्रेतीलाई फोन गरेर जानकारी गराउन खोज्दा नउठेको र आफूले सो विषयमा एसएमएसमार्फत जानकारी गराए पनि अहिलेसम्म सुनवाई नभएको गुनासो गरे ।

चुनावमा काँग्रेसले गरेको गोप्य सर्कुलरको अडियो सुन्न यहाँ क्लिक गर्नुहोस् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us