बहुमतको निर्णय स्वीकार्न मसालको सुझाव

काठमाण्डु टुडे २०७० मंसिर ६ गते ३:०५ मा प्रकाशित

Mohan-Bikram-Singhकाठमाण्डु, ६ मंसिर–नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले बहुमतको निर्णयलाई स्वीकार्न एनेकपा (माओवादी)लाई सुझाव दिएकोे छ । सो पार्टीले विहीबार विज्ञप्ति जारी गर्दै पार्टीले चुनावको मतगणनालाई अगाडि बढ्न दिएर त्यसको परिणाम स्वीकार्न अनुरोध गरेको हो ।

एमाओवादीद्वारा संविधानसभाको मतगणना बहिष्कार गर्ने निर्णयलाई गम्भीर रुपमा लिएको सन्दर्भमा कम्युनिस्ट पार्टीको कुनै पार्टी सदस्यलाई आफ्नो मत भिन्नता प्रकट गर्ने र त्यसमा जोड दिने अधिकार हुन्छ तर उनीहरुमा पराजयलाई पनि स्वीकार गर्ने भावना हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ।

मसालका महासचिव मोहन विक्रम सिंहले निकालेको विज्ञप्तिमा निर्वाचनमा नेपाली जनताले जुन प्रकारको मत प्रकट गरेका छन्, त्यो स्वागतयोग्य हो भन्दै यस्तो अवस्थामा चुनावको मतगणना बहिष्कार गर्न गरेको निर्णय कुनै पनि अवस्थामा सही भन्न नसकिने उल्लेख गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us