टेक बहादुर गुरुङ पहिलो विजयी उम्मेदवार

काठमाण्डु टुडे २०७० मंसिर ६ गते १:३७ मा प्रकाशित

Nepali-Congress-Flag1315101735काठमाण्डु, ६ मंसिर–नेपाली काँग्रेसका टेकबहादुर गुरुङ १ हजार ५२७ मत प्राप्त गरी मनाङबाट संविधानसभा सदस्यमा निर्वाचित भएका छन् । गुरुङ दोस्रो संविधानसभा निर्वाचनमा विजयी घोषित हुने पहिलो उम्मेदवार हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका त्रिपल्पी गुरुङले ११९२ मत पाएका छन् । राप्रपा नेपालका भुजुङ गुरुङले ५६३ र एनेकपा माओवादीका कपिल लामाले २६१ मत पाएका छन् । मनाङमा कुल तीन हजार ६५६ मत खसेकोमा ३३ मत बदर भएको थियो ।

यसअघि पहिलो संविधानसभा निर्वाचनमा मनाङबाट माओवादीका देव गुरुङले जितेका थिए । देव गुरुङ हाल चुनाव बहिस्कार गर्दै आएको नेकपा–माओवादीमा छन् ।

त्यसअघिको संसदीय निर्वाचनमा काँग्रेसका पाल्तेन गुरुङ विजयी भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us