जनताको भाग्य र भविष्यको चुनाव: प्रमुख आयुक्त

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ८:५८ मा प्रकाशित

nilkantha upretiकाठमाण्डु, ३ मंसिर– निर्वाचन आयोगका प्रमुख आयुक्त नीलकण्ठ उप्रेतीले मंगलबार हुने संविधानसभाको चुनाव नेपाली जनताको भाग्य र भविष्य भएको बताएका छन् । उप्रेतीले चुनाव स्वतन्त्र र निश्पक्ष हुनेमा विश्वास दिलउँदै चुनावको अवसर सदुपयोग गर्न आग्रह गरे ।

निर्वाचनको पूर्ण तयारी भएको जानकारी गराउन निर्वाचन आगोगले गरेको पत्रकार सम्मेलनमा प्रमुख आयुक्त उप्रेतीले जनताको स्वाधिनताका लागि संविधानसभाको निर्वाचन आवश्यक परेको औंल्याए । देशैभर सुरक्षाका अवस्था व्यस्थित बनाइएको जानकारी गराउँदै उनले सबै मतदातालाई  चुनावमा सहभागी हुन आग्रह गरे ।

अन्तर्राष्ट्रिय स्तरबाट पनि पर्यवेक्षणकाका लागि आमन्त्रण गरिएअनुरुप पर्यवेक्षकहरु आएको उल्लेख गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु २४० निर्वाचन क्षेत्रकै निर्वाचन केन्द्रमा पुगेको उनले बताए ।

दल तथा उम्मेदवारहरुलाई निर्वाचन परिणाम घोषणा नहुँदासम्म आचारसंहिताको अक्षरशः पालना गर्न उप्रेतीले आग्रह गरे । भविष्यको फैसला गर्ने निर्वाचन भएकोले निर्वाचन आयोगले निर्वाचनलाई बिथोल्ने कार्य नगर्न उनको आग्रह छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us