वैद्य माओवादी बनेपा नगर इन्चार्ज पक्राउ

काठमाण्डु टुडे २०७० मंसिर ३ गते ३:२५ मा प्रकाशित

Kavreकाभ्रे, ३ मंसिर– नेकपा–माओवादीको बनेपा नगर इन्चार्ज सौरभ कायस्थलाई प्रहरीले पक्राउ गरेको छ । निर्वाचन विरोधी गतिविधि गरेको आरोपमा कायस्थलाई प्रहरीले पक्राउ गरेको हो ।

आइतबार राति उनलाई प्रहरीले नियन्त्रणमा लिएको पारिवारिक स्रोतले जनाएको छ । निर्वाचन बिथोल्ने उद्देश्यले भैरहेका गतिविधि नियन्त्रणकालागि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us