काँग्रेसको दु्ई तिहाई आउने कोइरालाको दाबी

काठमाण्डु टुडे २०७० मंसिर १ गते १३:१७ मा प्रकाशित

सुर्खेत, १ मंसिर– काँग्रेस सभापति सुशील कोइरालाले ४ मंसिरमा हुने संविधानसभा निर्वाचनमा आफ्नो पार्टीले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका छन् ।
sushil-daसुर्खेतको वीरेन्द्रनगरमा शनिबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कोइरालाले देशभर काँग्रेसका पक्षमा जनलहर उर्लिएकाले दुई तिहाई बहुमत ल्याउने दाबी गरेका हुन् ।

२०१६ सालपछि काँग्रेसका पक्षमा पहिलोपटक जनलहर आएको दाबी कोइरालाको थियो । काँग्रेसको बहुमत आए १० वर्षमा मुलुकको कायालट गरिदिने ठोकुवा कोइरालाले गरे ।

उनले काँग्रेसले कहिल्यै जनता झुक्याउने काम नगरेको र बोलेको कुरा पुर्‍याएको जिकिर गरे । ‘काँग्रेसले कहिल्यै नहुने आश्वासन दिएको छैन’, कोइरालाले भने, ‘काँग्रेस जे बोल्छ, त्यही गर्छ ।’

मुलुकको स्थायित्व र विकासका लागि काँग्रेसको दुई तिहाई आउनै पर्ने भनाइ उनको थियो । उनले शान्ति, लोकतन्त्र र स्थायित्वका लागि निर्वाचनको विकल्प नरहेकाले मतदातालाई मतदान गर्ने अधिकारबाट वञ्चित गर्ने काम कसैले पनि गर्न  नमिल्ने स्पष्ट गरे ।

सभापति कोइरालाले सरकाले प्रभावकारी सुरक्षा व्यवस्था मिलाएकाले ढुक्क भएर मतदानमा सहभागी हुन मतदातालाई अपिल पनि गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us