काँग्रेस कार्यकर्ताले एमाओवादी कार्यकर्तालाई खुकुरी हाने

काठमाण्डु टुडे २०७० मंसिर १ गते १४:५० मा प्रकाशित

gorkha_mapगोरखा, १ मंसिर– गोरखाको धावा गाविसमा २०० को संख्यामा रहेका काँग्रेसका कार्यकर्ताले एमाओवादी कार्यकर्ता बिनोद नेपाली र सुवास अधिकारीलाई खुकुरी हानी गम्भीर घाइते बनाएका छन् ।

सोही गाविसको वडा नं ५ मा घरदैलो अभियान गरिरहेका अधिकारी र नेपालीको अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ । थप उपचारका लागि हेलिकप्टर माग गरिएपनि प्राप्त हुन नसक्दा उनीहरुलाई सशस्त्र प्रहरीले जिल्ला अस्पतालतर्फ ल्याइरहेको जिल्लाका प्रहरी नायब उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए ।

केही दिन अघिदेखि सो गाविसमा काँग्रेस एमाओवादीबीच भनाभन हुँदै अएको थियो । अन्य पाँच जना घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । घटनाको काँग्रेसको निर्वाचन क्षेत्र नं ३ का सभापति वासु भट्टले जिम्मेवारी लिए ।

त्यस क्षेत्रका नेपाल परिवार दलका प्रत्यक्ष उम्मेदवार कृष्णगोपाल वञ्जाराका अनुसार नेपाली काँग्रेसले सुनियोजित ढङ्गले निर्वाचन हुन नदिन एमाओवादी कार्यकर्तामाथि हिंसात्मक गतिविधि गरेको बताए । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us