मतपेटिका लुटियो

काठमाण्डु टुडे २०७० मंसिर २ गते ३:५९ मा प्रकाशित

Matpetikaहेटौंडा, २ मंसिर–मकवानपुर क्षेत्र नम्बर ४ अन्तर्गत काँकडा गाविसको सिलिङ्गे मतदान केन्द्रमा लैजाँदै गरिएको दुईवटा मतपेटिका लुटिएको छ । मतपत्रलगायतका अन्य निर्वाचन सामग्री भने सुरक्षित छन् ।

गएराति अज्ञात समूहले मतपेटिका लुटेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गणेशबहादुर ऐरले जानकारी दिए । उनले सुरक्षा व्यवस्था कडा पारेर खोजीकार्य भैरहेको पनि बताए ।

मकवानपुर जिल्लाको चारवटै निर्वाचन क्षेत्रमा गरी २९३ मतदान केन्द्र तथा उपकेन्द्र रहेका छन् भने जिल्लामा कार्यरत निजामती, जङ्गी तथा प्रहरी कर्मचारीका लागि पाँच वटा अस्थायी मतदान केन्द्र स्थापना गरिएको छ । मकवानपुर जिल्लामा एक लाख ९२ हजार ३१८ मतदाता रहेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us