पोस्टर नटाँसी सकियो नरहरीको प्रचार

काठमाण्डु टुडे २०७० मंसिर १ गते १३:०५ मा प्रकाशित

narhari acharyaकाठमाण्डु, १ मंसिर- काँग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले साँच्चिकै संविधान निर्माण गर्ने हो भने अडान मात्र होइन उपाय पनि निकाल्न सक्नुपर्ने बताएका छन् । उनले संविधान निर्माण गर्नका लागि दलहरुले अडान मात्र प्रस्तुत गरेका कारण गएको संविधानसभाले संविधान निर्माण गर्न नसकेको बताएका हुन् ।

काठमाण्डु–५ का काँग्रेसका उम्मेदवार रहेका आचार्यले शनिबार नारायणगोपाल चोकमा भएको सभामा लोकतान्त्रिक संविधान जारी गर्न संविधान निर्माणमा अघिल्लो संविधानसभाबाट बाँकी रहेका काम पूरा गराउन आफ्नो उपस्थिति अनिवार्य रहेकाले आफूलाई विजयी गराउन आग्रह गरे ।

उनले भने, ‘एकल जातीय पहिचानसहितको संघीयताको पक्ष तथा त्यसको विपक्षमा तीव्र मत ध्रुवीकरण भएकै कारण अघिल्लो संविधानसभामा संविधान निर्माण हुन सकेन, अब सामथ्र्य र पहिचानको आधारमा बहुजातीय पहिचान कायम हुने गरी संघीयतामा प्रदेश विभाजन गर्नुपर्छ ।’

सभामा समालोचक तथा साहित्यकार खगेन्द्र संग्रौलाले मुलुकलाई लोकतान्त्रिक संविधान दिनसक्ने अग्रगामी परिवर्तनका पक्षपाती एवम् नयाँ विचार दिनसक्ने स्वच्छ छविका नेता नरहरि आचार्यलाई विजयी गराउनुपर्नेमा जोड दिए ।

पोस्टर नटाँसी सकियो नरहरीको प्रचार

काठमाण्डु, १ मंसिर– काठमाण्डुको वातावरणलाई स्वच्छ र फोहोरमुक्त बनाउन काठमाण्डु–५ का उम्मेदवार नरहरी आचार्यले यसपटक आफ्नो चुनावी प्रचारका क्रममा कुनै प्रकारको पोस्टर र पम्पलेट टाँस्ने गर्ने कार्यक्रम गरेनन् ।

उनले आफूले प्रचारको क्रममा भेटघाट, घरदैलो, सामाजिक सञ्जाल, सभा र मोटरसाइकल र्‍यालीजस्ता कार्यक्रममा विशेष जोड दिएको बताए । निजी भवन र सार्वजनिक स्थलमा कुनै प्रकारको पोस्टर नटाँस्दा मतदाताहरु पनि खुशी भएको र जथाभावी पोस्टर, पम्पलेट र भित्तेलेखन नगर्दा नगरको सौन्दर्य पनि बढेको आचार्यका सहयोगी रामचन्द्र घिमिरेले बताए ।

चुनावका बेला जथाभावी गरिने भित्तेलेखन तथा पर्चा पम्पलेट टाँस्ने कार्यले सहरको सौन्दर्य बिगार्ने भएकोले यसबाट सर्वसाधारण आजित हुँदै आएका छन् । नेता आचार्यले अघिल्लोपटक पनि कुनै पनि प्रकारको पर्चा पम्पलेट टाँसेका थिएनन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us