एमाओवादी केन्द्रीय कार्यालयमा बम

काठमाण्डु टुडे २०७० मंसिर १ गते १४:४३ मा प्रकाशित

काठमाण्डु, १ मंसिर–एकीकृत नेकपा माओवादी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बम फेला परेको छ ।
Perisdadaकार्यालय बाहिरको सडकमा शनिबार पेट्रोल बम फेला परेको हो । साँझ साढे सात बजेतिर भेटिएको बम नेपाली सेनाको डिस्पोजल टोलीले निस्क्रिय पारेको छ ।

माओवादी केन्द्रीय कार्यालय सचिव प्रल्हाद बुढाथोकीले आतंकित बनाउने उद्देश्यले बम राखिएको हुनसक्ने बताए । नचिनेका मानिसहरुले बम राखेर भागेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । बम किन र कसले राखेको भन्नेबारे केही खुलेको छैन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us