राजनीति

एमाओवादी जनताको बलमा स्थापितः प्रचण्ड

२०७० मंसिर १ गते ९:२१

काठमाण्डु, १ मंसिर– एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले आफ्नो पार्टी जनताको बलमा नै स्थापित भएकाले जनताको भावनालाई सम्मान गर्दै अगाडि बढ्ने प्रतिवद्धता जनाएका छन् । नेपाली जनतालाई अधिकार सम्पन्न बनाउन आफू हरदम तत्पर रहेको बताउँदै फर्पिङमा आयोजित जनसभालाई सम्बोधन गरे । आफ्नो पार्टीको...

माओवादी नेता शर्मा रिहा

२०७० मंसिर १ गते ५:५४

सुर्खेत, १ मंसिर – संविधानसभा निर्वाचन बहिष्कार अभियान सञ्चालन गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य एवम् भेरी–कर्णाली राज्य समिति इन्चार्ज मायाप्रसाद शर्मा पक्राउपछि रिहा भएका छन् । शर्मा र पार्टी कार्यकर्ता शिव न्यौपानेलाई शनिबार बिहान सुर्खेत वीरेन्द्रनगरको ढोडेखालीबाट प्रहरीले पक्राउ गरेको थियो ।...

चुनाव पर्यवेक्षण गर्न कार्टर काठमाण्डुमा

२०७० मंसिर १ गते ४:३५

काठमाण्डु, १ मंसिर–अमेरिकाका पूर्वराष्ट्रपति एवम् कार्टर सेन्टरका संस्थापक जिम्मी कार्टर संविधानसभा चुनाव पर्यवेक्षणका लागि शनिबार बिहान काठमाण्डु आइपुगेका छन् । मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मी र निर्वाचन आयोगको निमन्त्रणामा आगामी मङ्गलबार हुने संविधानसभा निर्वाचन पर्यवेक्षणका लागि उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी काठमाण्डु आएका हुन् ।...

काँग्रेस नेतृलाई हातपात

२०७० मंसिर १ गते ४:३०

बुटवल, १ मंसिर–तराई–मधेस लोकतान्त्रिक पार्टी नेपालका कार्यकर्ताले रुपन्देहीको मसिनामा नेपाली काँग्रेसका समानुपातिक महिला उम्मेदवारलगायतका महिला कार्यकर्तामाथि हातपात गरेका छन् । रुपन्देही निर्वाचन क्षेत्र नं. ७ अन्तर्गत मसिनामा चुनाव प्रचारप्रसारका लागि गएकी नेपाली काँग्रेस समानुपतिक उम्मेदवार सूर्यमति उपाध्यायसहित महिलामाथि आक्रमण गरेको  काँग्रेस रुपन्देहीले जनाएको छ...

फोरम उम्मेदवारबाट सदभावनालाई समर्थन

२०७० मंसिर १ गते ४:०८

गौशाला, १ मंसिर–महोत्तरी जिल्लाको क्षेत्र नं. ५ का मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक)का उम्मेदवारले संविधानसभा सदस्य निर्वाचनमा सोही क्षेत्रका सदभावना पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन् । फोरम (गणतान्त्रिक)का उम्मेदवार चन्द्रिका यादवले शनिबार बिहान महोत्तरीका सञ्चारकर्मीलाई टेलिफोन गर्दै आफूले सदभावना पार्टीका उम्मेदवार देवेन्द्र यादवलाई समर्थन...

बम राखेर तर्साउन नखोज : नेम्बाङ

२०७० मंसिर १ गते ३:१२

मङ्गलबारे, १ मंसिर–नेकपा एमालेका नेता सुवास नेम्बाङले चुनावी वातावरण उत्कर्षमा पुगेकाले कुनै पार्टीले बम राखेर तर्साउन खोज्दा नेपाली जनता नतर्सिने बताएका छन्  । शनिवार विहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले बम राख्नुभन्दा वार्ता र सहमतिको बाटोबाट निकास खोज्न आग्रह गर्दा गर्दै पनि नेकपा–माओवादीसहितको मोर्चा वार्तामा...

उम्मेदवारको घरमा बम विष्फोट

२०७० मंसिर १ गते २:५५

काठमाण्डु, १ मंसिर–मधेसी जनअधिकार फोरम लोकतान्त्रिकको तर्फबाट रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार देवी प्रसाद चौधरीको घरमा बम विष्फोट भएको छ । रुपन्देहीको हाटिबनगाई–४ स्थित चौधरीको घरमा अज्ञात समूहले बम विष्फोट गराएको हो । बम विष्फोटबाट घरमा सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।...

६ हजार एक सय २८ उम्मेदवार प्रत्यक्ष चुनावी प्रतिस्पर्धामा

२०७० कार्तिक २९ गते १७:४०

काठमाण्डु २९ कात्तिक–संविधानसभा निर्वाचनका लागि आवश्यक सामग्री र सुरक्षा प्रबन्धसहित अधिकांश मतदानस्थलमा कर्मचारीहरू पुगिसकेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनका लागि ६८ प्रकारका निर्वाचन सामग्री आवश्यक पर्छ । १० हजार १३ मतदानस्थल र १८ हजार ४५७ मतदान केन्द्रका लागि दुई लाख १५ हजार...

सर्वोच्चको आदेश अवज्ञा गर्ने बैद्यको चुनौती

२०७० कार्तिक २९ गते १६:२३

काठमाण्डु, २९ कात्तिक– निर्वाचन बहिष्कार गर्दै यातायात बन्दको आह्वान गरेको नेकपा–माओवादी नेतृत्वको मोर्चाले सर्वोच्च अदालतको पत्र बुझ्न अस्वीकार गरेको छ । निर्वाचन जनताको विशेष अधिकार भएको भन्दै सर्वोच्चले बुधबार बन्द नगर्न आदेश दिँदै गरेको फैसलासहितको पत्र मोर्चाले बुझ्न नमानेको हो । सर्वोच्चका कर्मचारीले नेकपा–माओवादी...

प्रधानसेनापतिद्वारा सुरक्षा बेसहरुको निरीक्षण

२०७० कार्तिक २९ गते १४:१२

काठमाण्डु, २९ कात्तिक– प्रधानसेनापति गौरव शम्शेर जबराले उपत्यका पृतना मुख्यालयअन्तर्गत ललितपुर जिल्लाको आस्राङ सुरक्षा बेस, काभ्रपलाञ्चोक जिल्लाको कामीडाँडा सुरक्षा बेस र सिन्धुपाल्चोक मेलम्चीस्थित भीमकाली गुल्मको निरीक्षण गरेका छन् । उनले सिन्धुपाल्चोक जिल्लाको थानपालछापमा भीमकाली गुल्मले सञ्चालन गरेको स्वास्थ्य शिविरको निरीक्षण गर्नुका साथै स्थानीय बासिन्दासँग...

कसले कति सिट ल्याउँछ हेर्नुछः खनाल

२०७० कार्तिक २९ गते १३:३०

सिरहा, २९ कात्तिक– एमाले अध्यक्ष झलनाथ खनालले बहुपहिचानसहितको सात प्रदेश एमालेको एजेन्डा भएपनि त्यसमा पुनःविचार गर्न सकिने बताउनुभएको छ । उनले भने, ‘निर्वाचनमा कुन पार्टीले कति सिट ल्याउँछ हेर्नुछ । त्यसपछि सङ्घीयताको बहस नयाँ रुपले गर्न तयार छु ।’ सिरहा–५ का एमाले उम्मेदवार लीलानाथ...

बुथ क्याप्चरको सपना नदेख्न गृहको चेतावनी

२०७० कार्तिक २९ गते १३:०७

काठमाण्डु, २९ कात्तिक– सरकारले ४ मंसिरमा हुने संविधानसभा निर्वाचनमा ‘बुथ क्याप्चर’ को सपना नदेख्न चेतावनी दिएको छ । गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी विगतमा जस्तो धाँधली गर्ने सपना नदेख्न चेतावनी दिएको हो । मतदान केन्द्रको सुरक्षा व्यवस्था बलियो बनाइएकाले कसैले बुथक्याप्चर गर्न नसक्ने...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us