फोरम उम्मेदवारबाट सदभावनालाई समर्थन

काठमाण्डु टुडे २०७० मंसिर १ गते ४:०८ मा प्रकाशित

गौशाला, १ मंसिर–महोत्तरी जिल्लाको क्षेत्र नं. ५ का मधेसी जनअधिकार फोरम नेपाल (गणतान्त्रिक)का उम्मेदवारले संविधानसभा सदस्य निर्वाचनमा सोही क्षेत्रका सदभावना पार्टीका उम्मेदवारलाई समर्थन गरेका छन् ।

फोरम (गणतान्त्रिक)का उम्मेदवार चन्द्रिका यादवले शनिबार बिहान महोत्तरीका सञ्चारकर्मीलाई टेलिफोन गर्दै आफूले सदभावना पार्टीका उम्मेदवार देवेन्द्र यादवलाई समर्थन गरेको जानकारी दिएका हुन् । उनले भने, ‘मधेसमा मधेसवादी दल नै जित्नुपर्छ, जसको बलियो अवस्था छ उसैलाई सघाउनुपर्छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us