सर्वोच्चको आदेश अवज्ञा गर्ने बैद्यको चुनौती

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते १६:२३ मा प्रकाशित

baidhyaकाठमाण्डु, २९ कात्तिक– निर्वाचन बहिष्कार गर्दै यातायात बन्दको आह्वान गरेको नेकपा–माओवादी नेतृत्वको मोर्चाले सर्वोच्च अदालतको पत्र बुझ्न अस्वीकार गरेको छ ।

निर्वाचन जनताको विशेष अधिकार भएको भन्दै सर्वोच्चले बुधबार बन्द नगर्न आदेश दिँदै गरेको फैसलासहितको पत्र मोर्चाले बुझ्न नमानेको हो । सर्वोच्चका कर्मचारीले नेकपा–माओवादी कार्यालय पुर्‍याएको सो पत्र अस्वीकार गर्दै फिर्ता पठाएको माओवादी अध्यक्ष मोहन वैद्यले जानकारी दिए ।

अदालत मान्दैनौं

‘हामी अदालतको म्याद बुझ्ने काम गर्दैनौं, यो अदालत पनि मान्दैनौं’, शुक्रबार पार्टी कार्यालय बुद्धनगरमा पत्रकार सम्मेलन गर्दै वैद्यले भने । न्यायालय र मन्त्रिपरिषदका प्रमुख एकै मान्छे राखेर चार दलले न्यायालयको छवि र गरिमा ध्वस्त पारेको भन्दै उनले भने, ‘यो अदालत चार दलको मात्र हो’, हामी अदालतको कुनै म्याद बुझ्दैनौं । अदालत आफ्नो तरिकाबाट अघि बढ्छ, हामी आफ्नो तरिकाबाट अघि बढ्छौं ।’

प्रचण्डलाई मार्न खोजेका होइनौं

बन्दका क्रममा भएका तोडफोड र आगजनीका घटनाहरुको जिम्मा नेकपा–माओवादी र मोर्चाले नलिने भन्दै वैद्यले सरकारले यी सबै कुराको जिम्मेवारी दिनुपर्ने बताए ।

पत्रकार सम्मेलनमा उनले प्रचण्डलाई लक्षित गरि बम विष्फोट भएको घटनाबार भने, ‘हामीले प्रचण्डजीलाई मार्न खोजेका छैनौं, उहाँ आफै मानसिक रुपमा मर्दै हुनुहुन्छ ।’

वार्ता र संवाद गर्न आग्रह

आफूहरु अझै पनि वार्ता, सहमति र संवादका लागि तयार रहेको उल्लेख गर्दै वैद्यले चुनाव स्थगित गरेर वार्ता गर्न चार दल तथा सरकारसँग माग गरे । उनले भने, ‘अझै पनि चसनाव हुने स्थिति छैन, चुनाव स्थगित गरेर तत्काल वार्ताद्वारा सहमतिमा आउन हामी आग्ह गर्छौं ।’

दुःख सहेर जनताको सहयोग

बन्दले जनतालाई दुःख भएका स्वीकार्दै उनले जनताले आफुहरुलाई दुःख सहेर सहयाग गरेको दाबी गरे । उनले राष्ट्रिय स्वाधिनताका लागि जनताले त्याग गरेको बताए ।

बन्दका क्रममा देशभरबाटठ आफ्ना १५० कार्यकर्ता पक्राउ गरिएको जनाउँदे वैदले उनीहरुको तत्काल विनासर्त रिहाइका लागि पनि जोडदार माग गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us