बम राखेर तर्साउन नखोज : नेम्बाङ

काठमाण्डु टुडे २०७० मंसिर १ गते ३:१२ मा प्रकाशित

subash nembangमङ्गलबारे, १ मंसिर–नेकपा एमालेका नेता सुवास नेम्बाङले चुनावी वातावरण उत्कर्षमा पुगेकाले कुनै पार्टीले बम राखेर तर्साउन खोज्दा नेपाली जनता नतर्सिने बताएका छन्  । शनिवार विहान सञ्चारकर्मीसँग कुरा गर्दै उनले बम राख्नुभन्दा वार्ता र सहमतिको बाटोबाट निकास खोज्न आग्रह गर्दा गर्दै पनि नेकपा–माओवादीसहितको मोर्चा वार्तामा बस्न तयार नभएको बताए ।

संविधानसभा जस्तो ऐतिहासिक निर्वाचनमा भाग लिने जनतालाई कसैले पनि अवरोध गर्न नहुने र यो उनीहरूको अधिकार हो भन्दै उनले एमाले देशको पहिलो शक्तिका रूपमा उदाएपछि सबै समस्या हराएर जाने ठोकुवा गरे ।

‘विगतमा धेरै उपलब्धि हासिल गरियो तर तिनलाई संस्थागत र मूर्त रूप दिन अझै बाँकी भएकाले निर्वाचन आवश्यक भएको हो,’ उनले भने । फेरि पनि संविधान बन्छ त भन्ने सञ्चारकर्मीको जिज्ञासामा पूर्वसभामुख समेत रहेका नेम्वाङले निर्वाचन भएको एक वर्षभित्र दलहरूबीच सहमति र समझदारीमा नयाँ संविधान जारी हुने दावी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us