
काठमाण्डू, २२ असार– प्रधानमन्त्री केपी ओलीले कर्णाली करिडोरलाई चीन र भारतसँगको व्यापारिक मार्गका रूपमा विकास गरिने बताएका छन् ।
हुम्लाको खार्पुनाथ गाउँपालिका–५ चुवाखोलामा नवनिर्मित पुल (बेलिब्रिज) को आइतबार उद्घाुटन गर्दै ओलीले त्यस्तो बताएका हुन् ।
कर्णाली करिडोर कर्णाली र हुम्लाबासीको मात्र नभई दुई छिमेकी देशसँगको व्यापारिक मार्ग भएको बताए । उक्त सडकलाई तत्काल लेनमा विकास गर्नुका साथै कालोपत्रे गर्दै लगिने घोषणा पनि गरे ।
कर्णाली करिडोरअन्तर्गत चुवाखोलामा छिट्टै पक्की पुल निर्माण गरिने प्रतिबद्धता ओलीले जनाए । हुम्ला सदरमुकाम सिमकोट औपचारिकरूपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएकामा ओलीले खुसी व्यक्त गरे ।
हुम्लालाई राष्ट्रिय सडक सञ्जालसँग तथा त्रिदेशीय सीमासँग जोड्न बेलिब्रिज निर्माण गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले निर्माणाधीन पक्की पुललाई निरन्तरता दिएर हुम्लालाई मात्र नभएर देशलाई समृद्धिको बाटोतर्फ डोर्यामउने प्रतिबद्धता जनाए ।
ओलीले चीनसँगको सीमा नाका हिल्सामा क्वारेन्टाइन निर्माण गरिने पनि बताए । चीनसँग व्यापारको सम्भावना प्रबल रहेकाले तत्काल क्वारेन्टाइन निर्माण जरुरी रहेको उनको भनाइ थियो ।
बेलिब्रिज उद्घाटन गर्न प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यलाई लिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाण्डूबाट सुर्खेत हुँदै हुम्ला पुगेका थिए ।