काँग्रेस नेतृलाई हातपात

काठमाण्डु टुडे २०७० मंसिर १ गते ४:३० मा प्रकाशित

बुटवल, १ मंसिर–तराई–मधेस लोकतान्त्रिक पार्टी नेपालका कार्यकर्ताले रुपन्देहीको मसिनामा नेपाली काँग्रेसका समानुपातिक महिला उम्मेदवारलगायतका महिला कार्यकर्तामाथि हातपात गरेका छन् ।

रुपन्देही निर्वाचन क्षेत्र नं. ७ अन्तर्गत मसिनामा चुनाव प्रचारप्रसारका लागि गएकी नेपाली काँग्रेस समानुपतिक उम्मेदवार सूर्यमति उपाध्यायसहित महिलामाथि आक्रमण गरेको  काँग्रेस रुपन्देहीले जनाएको छ । तमलोपाका उम्मेदवार कमलेश्वर गोश्वामीकै उपस्थिति र निर्देशनमा तमलोपाबाहेक अन्य दललाई प्रवेश निषेध छ भन्दै काँग्रेसका महिला नेता र कार्यकर्तालाई अश्लील शब्द प्रयोग गरी दुव्र्यवहार गरेको काँग्रेस क्षेत्र नं. ७ का उम्मेदवार दिनेशमणि त्रिपाठीले दावी गरे ।

मसिना गाविस तमलोपाका उम्मेदवार गोश्वामीको गाउ“ हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us