माओवादी नेता शर्मा रिहा

काठमाण्डु टुडे २०७० मंसिर १ गते ५:५४ मा प्रकाशित

सुर्खेत, १ मंसिर – संविधानसभा निर्वाचन बहिष्कार अभियान सञ्चालन गरिरहेको मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीका केन्द्रीय सदस्य एवम् भेरी–कर्णाली राज्य समिति इन्चार्ज मायाप्रसाद शर्मा पक्राउपछि रिहा भएका छन् । Mayaprasad

शर्मा र पार्टी कार्यकर्ता शिव न्यौपानेलाई शनिबार बिहान सुर्खेत वीरेन्द्रनगरको ढोडेखालीबाट प्रहरीले पक्राउ गरेको थियो ।

उनलाई केही घण्टा अञ्चल प्रहरी कार्यालय सुर्खेतमा राखेर छाडिएको हो । शर्माका भाई तथा माओवादी निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष रामदीप आचार्यले राष्ट्रिय अन्तर्राष्ट्रिय मानवअधिकारवादी संघसंस्था तथा सञ्चारमाध्यमको दबाबमा रिहा गरिएको बताए ।

संविधानसभा निर्वाचन विथोल्न हिंसात्मक गतिविधि गरेको भन्दै सरकारले नेकपा–माओवादीका नेता कार्यकर्तालाई पक्राउ गर्न थालेको छ । देशका विभिन्न स्थानबाट हालसम्म सरकारले सो पार्टीका करिब एक सय ५० कार्यकर्तालाई पक्राउ गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us