
काठमाण्डु, २९ कात्तिक– सरकारले ४ मंसिरमा हुने संविधानसभा निर्वाचनमा ‘बुथ क्याप्चर’ को सपना नदेख्न चेतावनी दिएको छ ।
गृह मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी विगतमा जस्तो धाँधली गर्ने सपना नदेख्न चेतावनी दिएको हो । मतदान केन्द्रको सुरक्षा व्यवस्था बलियो बनाइएकाले कसैले बुथक्याप्चर गर्न नसक्ने भनाइ गृहको छ ।
पत्रकार सम्मेलनमा गृह प्रवक्ता शंकर कोइरालाले सरकार स्वच्छ, निपष्क्ष र भयरहित वातावरणमा निर्वाचन गराउन प्रतिबद्ध रहेको बताए ।
उनले देशभरको सुरक्षा व्यवस्था कडा पारिएकाले ढुक्क भएर मतदानमा भाग लिन मतदातालाई आग्रह पनि गरे ।