एमाओवादी उम्मेदवारको घरमा शंकास्पद बस्तु

काठमाण्डु टुडे २०७० मंसिर २ गते २:०८ मा प्रकाशित

bardiya-districtगुलरिया, २ मंसिर–बर्दियामा एकीकृत नेकपा माओवादीका एक उम्मेदवारको घरमा शंकास्पद बस्तु फेला परेको छ । बर्दिया क्षेत्रनम्बर १ का प्रत्यक्षतर्फका उम्मेदवार भुवन चौधरीको घरमा शंकास्पद बस्तु फेला परेको छ ।

मोतिपुर ७ स्थित घरमा विहान ५ बजे शंकास्पद बस्तु देखेपछि घरका सदस्यहरुले प्रहरीलाई खबर गरेका थिए । नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलमा पुगेको छ ।

यसअघि शनिबार बर्दिया क्षेत्रनम्बर २ का काँग्रेस उम्मेदवार सन्जयकुमार गौतमको घर अगाडी पनि बम फेला परेको थियो ।
सिराहा क्षेत्रनम्बर ५ र नुवाकोटको दुईपीपलमा पनि शंकास्पद बस्तु फेला परेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us