मतदाता परिचयपत्रमा त्रुटि भेटियो

काठमाण्डु टुडे २०७० मंसिर २ गते १:५४ मा प्रकाशित

सप्तरी, २ मंसिर–जिल्ला निर्वाचन कार्यालयले सप्तरीमा वितरण गरेको मतदाता परिचयपत्रमा केही त्रुटि भेटिएको छ । निर्वाचन आयोगले तयार गरेको मतदाता परिचयपत्रमा केही समान्य त्रुटि फेला परेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता परिचयपत्र वितरण सुरु गरेको पहिलो दिन शनिबार सप्तरीको हरिपुर–४ निवासी परमेश्वरीदेवी साहको परिचयपत्रमा त्रुटि भेटिएको छ । साहको मतदाता परिचयपत्र नम्बर ११६३०६२३ मा नाम परमेश्वरी देवी हुनुपर्नेमा शिवजी साह लेखिएको छ । शिवजी साह उनको श्रीमानको नाम हो । परिचयपत्रमा फोटो भने परमेश्वरीदेवीको छ ।

यस्तै राजविराज नगरपालिका–६ निवासी आशादेवी यादवको मतदाता परिचयपत्रको क्रमसङ्ख्या ९६ हुनुपर्नेमा ९१ लेखिएको फेला परेको निर्वाचन कार्यालयले जनाएको छ ।

मतदाता परिचयपत्रमा केही त्रुटि देखिए पनि निर्वाचन आयोगसँग सम्पर्क गरेर सच्याएर वितरण गर्दै आएको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख प्रदीप साहले जानकारी दिए । जिल्ला निर्वाचन कार्यालयले सम्बन्धित मतदान केन्द्रबाटै मतदाता परिचयपत्र वितरण सुरु गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us