वृद्धवृद्धालाई पेन्सन दिने भट्टराईको घोषणा

काठमाण्डु टुडे २०७० मंसिर १ गते ११:११ मा प्रकाशित

बुटवल, १ मंसिर– एकीकृत नेकपा माओवादी नेता एवम् पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले संविधानसभा निर्वाचनमा आफ्नो पार्टीको बहुमत आए baburam_250वृद्धवृद्धालाई पेन्सनको व्यवस्था गर्ने बताएका छन् ।
एकीकृत माओवादी रुपन्देही–२ ले भैरहवाको बर्मेलीटोलमा शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै भट्टराईले ‘जनता पेन्सन कार्यक्रमअन्तर्गत वृद्धवृद्धालाई पेन्सनको व्यवस्था मिलाइने बताएका हुन् ।

त्यसका लागि आफ्नो पार्टीलाई बहुमत दिन भट्टराईले अपिल गरे । ‘हामी वृद्धवृद्धालाई पेन्सन दिने सोचमा छौं’, भट्टराईले भने, ‘हाम्रो कार्यक्रम कार्यान्वयन गर्न बहुमत चाहिने भएकाले हाम्रो पार्टीलाई बहुमतले जिताउन देशभरका मतदातालाई आग्रह गर्दछु’, भट्टराईले भने ।

उनले एक वर्षभित्र जनतालाई संविधान दिने प्रतिबद्धता पनि दोहोर्‍याए । भट्टराईले आदिवासी जनजाति, मधेसी, महिला, मुस्लिमलगायतको अधिकार सुनिश्चित गर्न माओवादीको बहुमत आउनैपर्ने बताए ।

भट्टराईले मुलुकको विकास हुन नसक्नुमा अस्थिरता मुख्य कारण रहेको भन्दै अस्थिरता अन्त्य गरी विकासको मार्गमा अघि बढ्न जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणाली भएको शासकीय स्वरुप उयपुक्त गरेको दाबी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us