एकै ठाउँमा जम्काभेट हुँदा काँग्रेस र एमालेबीच हानाहान

काठमाण्डु टुडे २०७० मंसिर १ गते १०:२९ मा प्रकाशित

congress and umlरुपन्देही, १ मंसिर– चुनावी अभियानका क्रममा दुई पार्टीका कार्यकर्ता जम्काभेट हुँदा आपसमा हानाहान भएको छ । काँग्रेस र एमालेका कार्यकर्ताबीच शनिबार रुपन्देही–१ अन्तर्गतको देवदहमा चुनावी प्रचारका क्रममा झडप भएको हो ।

घरदैलौ अभियान गर्दै हिँडिरहेका एमाले कार्यकर्ता र मोटरसाइकल र्‍यालीबाट आउँदै गरेका काँग्रेस कार्यकर्ताबीच जम्काभेट हुँदा दुई पक्षबीच ढुंगा हानहान भएको थियो । एमालेका सो क्षेत्रका उम्मेदवार छविलाल विश्वकर्मा र काँग्रेस उम्मेदवार अब्दुल रज्जाकका प्रचारमा लागेका कार्यकताहरुबीच झडप भएको हो ।

हानाहानमा दुवैतिराका कार्यकर्ताहरु सामान्य घाइते भएको र एमाले उम्मेदवार छविलाल विश्वकर्माको बा ९ च ५४९९ नम्बरको गाडीको सिसा फुटेको रुपन्देही प्रहरीले बताएको छ । प्रहरीका अनुसार हानाहान रोकिएपनि विवाद कायमै रहेकोले प्रहरीको पहलमा राजनीतिक स्तरमा विवाद समाधानको प्रयास भइरहेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us