सङ्घीय संविधान पछि मधेसको आर्थिक विकासः गिरी

काठमाण्डु टुडे २०७० कार्तिक २९ गते ८:२८ मा प्रकाशित

Sarita-Giriवीरगन्ज, २९ कात्तिक– नेपाल सद्भावना पार्टीका अध्यक्ष सरिता गिरीले सङ्घीय संविधान बनेपछि मधेसको आर्थिक विकासको आधार सिर्जना हुने बताएका छन् ।

सङ्घीय संविधान र विकासको नारा सँगसँगै लिएर नेपाल सद्भावना पार्टी चुनावी मैदानमा होमिएको बताउँदै उनले भने, ‘सङ्घीय लोकतान्त्रिक संविधान निर्माणका लागि सद्भावना पार्टीलाई जिताउनुहोस् ।’

वीरगन्जको घन्टाघरमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै गिरीले नेपाली समाजको विविधतालाई ध्यानमा राखेर क्षमता, क्षेत्रीयता र एकरुपतालाई सङ्घीय संरचनाको आधार बनाउने दाबी गरे । हिमाल, पहाड र मधेस गरी तीनवटा प्रदेश बनाउने प्रस्ताव आफ्नो दलको भएको भन्दै संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री हुने व्यवस्था गर्ने उनको भनइ थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us