राजनीति

संविधान निर्माणमा दवाब दिन सडक र सदन संघर्ष चर्काउने प्रस्ताव

२०७० माघ २ गते १४:११

काठमाण्डु, २ माघ – एकीकृत माओवादीको केन्द्रीय समिति बैठक काठमाण्डुमा सुरु भएको छ । पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा सुरु भएको बैठकको पहिलो दिन अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो प्रतिवेदन प्रस्तुत गरेका छन् । प्रचण्डले प्रतिवेदनमा आउँदो जेठमा पार्टीको सांगठनिक महाधिवेशन गर्ने प्रस्ताव गरेका छन्...

संविधान लेखेर मात्रै परिवर्तन हुँदैन : गोकर्ण विष्ट

२०७० माघ २ गते १३:५८

भक्तपुर, २ माघ – एमालेका केन्द्रीय सदस्य तथा सभासद् गोकर्ण विष्टले संविधान लेखेर मात्रै देश र जनताको जीवनमा परिवर्तन नआउने बताएका छन् । भक्तपुरमा भएके कार्यक्रममा विष्टले देश र जनताको जीवनमा परिवर्तन ल्याउन संविधानमा लेखिएका कुरालाई व्यवहारमा लागू हुनुपर्ने बताए । उनले एउटा पार्टीले...

कांग्रेसमा प्रधानमन्त्रीको उम्मेदवार अझै अनिश्चित

२०७० माघ २ गते ९:५५

काठमाण्डु, २ माघ – संविधानसभा निर्वानचनबाट पहिलो दल बनेको नेपाली कांग्रेसभित्र प्रधानमन्त्री को बन्ने भन्ने विवाद अझै टुंगिन सकेको छैन । प्रधानमन्त्रीको उम्मेदवारको विषयमा रहेको विवाद टुंग्याउन बसेको कांग्रेसका शीर्ष नेताहरुको बैठक विहीबार पनि विना निष्कर्ष टुंगिएको छ । सभापति सुशील कोइराला, वरिष्ठ नेता...

राष्ट्रपति हटाउन माग गर्दै दायर रिटमा सुनुवाई हुदै

२०७० माघ २ गते ३:५८

काठमाण्डु, २ माघ–राष्ट्रपति रामवरण यादवको पदावधि सकिएकोले अर्को चुनाव गरीपाउँ भनि दायर रिटमाथि विहीबार सर्बोच्च अदालतमा सुनुवाई हुदै छ । अधिवक्ता ओम प्रकाश अर्यालले अन्तरिम संविधानको मर्मअनुसार यादव दोस्रो संविधानसभामा पनि राष्ट्रपति हुन नसक्ने भन्दै सर्बोच्चमा रिट दायर गरेका थिए । नेपाली काँग्रेस र...

तीन मधेसी दल एकीकरण नजिक

२०७० माघ २ गते ३:५७

काठमाण्डु, २ माघ-तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा), मधेसी जनअधिकार फोरम नेपाल र सदभावनाले एकीकरणका लागि खाका तयार पारेका छन् । तमलोपा अध्यक्ष महन्थ ठाकुर, फोरम अध्यक्ष उपेन्द्र यादव र सदभावना अध्यक्ष राजेन्द्र महतोले विभिन्न चरणमा छलफल गरी एकीकरणका चार ‘मोडालिटी’ तयार पारेका हुन् ।...

एमाले र एमाओवादी नजिकिदै

२०७० माघ २ गते २:२२

काठमाण्डु, २ माघ – संविधानसभाको पहिलो बैठक आउनै लाग्दा दुई ठूला वामपन्थी दल एमाले र एमाओवादी नजिकिएका छन्। यसअघि तिक्त सम्बन्ध रहेका दुई दल ताजा जनादेशबमोजिम राष्ट्रपतिको नयाँ चुनाउ गर्नुपर्नेमा मत मिलेपछि निकट भएका हुन्। एमाले केन्द्रीय समिति बैठकले राष्ट्रपतिको नयाँ चुनाउ हुनुपर्ने निर्णय...

रेग्मी बिरुद्धका मुद्दा फैसलामा किन ढिलाई ?

२०७० माघ २ गते १:०५

काठमाण्डु, २ माघ– ‘ढिलो न्याय दिनु न्याय नदिनु बराबर हो ।’ कानुनको यो सर्वमान्य सिद्धान्त स्वयं मन्त्रिपरिषदको अध्यक्षसमेत रहेका प्रधानन्यायाधीश खिलराज रेग्मीविरुद्धको मुद्दामा समेत लागू भएको छ । संविधानसभाको निर्वाचन गराउनका लागि मन्त्रिपरिषदको समेत कार्यभार सम्हालेका प्रधानन्यायाधीश रेग्मीले सो कार्यभार पूरा गर्न लाग्दा पनि...

बाहिरिने डरले एमाओवादीले नेताहरुलाई दस्तावेज घर लैजान दिएन

२०७० माघ १ गते १३:४०

काठमाण्डु १ माघ – एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदन बुधबार पूर्वपोलिटब्यूरो सदस्यहरुले अध्ययन गरेका छन् । पार्टी मुख्यालय पेरिसडाँडामा पुगेर नेताहरुले अध्यक्षको प्रतिवेदन अध्ययन गरेका हुन् । ‘आज हामीले अध्यक्षको दस्तावेज अध्ययन गर्यौं,’ पूर्वपोलिटब्यूरो सदस्य गोपाल किराँतीले भने, ‘पढिसकेर बुझाएर हिँड्यौं...

मन्त्री घिमिरे र भारतीय प्रधानमन्त्रीबीच भेटवार्ता

२०७० माघ १ गते १२:४७

काठमाण्डु, १ माघ– भारत भ्रमणमा रहेका परराष्ट्र तथा गृहमन्त्री माधव घिमिरेले उच्चस्तरीय भेटवार्ता शुरु गरेका छन् । उनले बुधबार विहान नयाँदिल्लीमा भारतीय प्रधानमन्त्री मनमोहन सिंहसँग भेटवार्ता गरे । रोडक्रस रोडस्थित निवासमा भएको भेटमा दुई देशबीचको सम्वन्ध र आपसी हितको विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले...

थापा र चिनियाँ राजदुतबीच भेटवार्ता

२०७० माघ १ गते १२:४७

काठमाण्डु, १ माघ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष सुर्यबहादुर थापा र चिनियाँ राजदुत उ चुन्ताईबीइच बुधबार भेटवार्ता भएको छ । मालीगाउँ स्थित थापाको निवासमा भएको भेटमा राजदुत चुन्ताईले समसामयिक राजनीतिक अवस्था र नयाँ सरकार गठनका विषयमा चासो राखेको बुझिएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका थापाले...

एक वर्षभित्रै संविधान बनाउँछौं : देउवा

२०७० माघ १ गते १२:०६

काठमाण्डु, १ माघ – नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले कुनै पनि हालतमा एक वर्षभित्रै संविधान बनाएरै छाड्ने बताएका छन् । दिशानिर्देश प्रेस क्लबले बुधबार राजधानीमा आयोजना गरेको नयाँ संविधान निर्माणसम्बन्धी अन्तक्र्रियामा बोल्दै देउवाले सबै राजनीतिक दलले प्रतिबद्धता जनाएअनुरुप एक वर्षभित्रै प्रजातान्त्रिक मूल्य र...

डा. केसीको जीवन रक्षाको माग

२०७० माघ १ गते १०:४०

काठमाण्डु, १ माघ – नेपाल चिकित्सक संघले आमरण अनशनमा बसेका संघका आजीवन सदस्य प्रा.डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेको छ । त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानभित्रको विद्यमान समस्याको उचित समाधानका लागि आमरण अनशनमा बसेका डा. केसीको अनशन टुङ्ग्याउन सरकार र सरोकारवाला सबै...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us