एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र भारत इतिहासमै हाल सबैभन्दा शक्तिशाली, नजिक र गतिशील भएको बताएका छन् । संयुक्त राष्ट्रसंघीय महासभामा भाल लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा वाइडेनले यस्तो बताएका छन् । मोदीसँगको भेटबारे वाइडेनले सामाजिक सञ्जालमा पोष्ट गरेका छन्...
एजेन्सी– श्रीलङ्कामा शनिबार भएको राष्ट्रपतीय निर्वाचनमा वामपन्थी दल जनमुक्ति मोर्चा (जेभेपी) उम्मेदवार अनुरा कुमारा दिसानायके निर्वाचित भएका छन् । निर्वाचनमा उनले ५३ प्रतिशत मत ल्याएका छन् । १ करोड ७० लाख मतदातामध्ये ७५ प्रतिशतले मतदान गरेका थिए । यसअघि सन् २०१९ मा भएको राष्ट्रपतीय...
एजेन्सी–इसराइलको हवाई हमलामा हिजबुल्लाहका अर्का कमाण्डर पनि मारिएका छन् । रोयटर्सका अनुसार भूमिगत रूपमा हिजबुल्लाह लडाकूहरू रहेको सूचनाका आधरमा इसराइलले गरेको पछिल्लो हमलामा कमाण्डर अहमद वाहबी मारिएका हुन् । लेबननको राजधानी बेरूतस्थित दक्षिणी क्षेत्रको ठूला भवनहरू रहेको क्षेत्रमा इसराइलले शुक्रबार मिसाइल हमला गरेको थियो...
एजेन्सी– भारतको दिल्लीले तेश्रोपटक महिला मुख्यमन्त्री पाएको छ । आमआदमी पार्टी (आप) ले अतिशी मार्लेना सिंहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको हो । केही दिनअघि मात्र जमानतमा रिहा भएका दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले पार्टी बैठकमा अशितीको नाम मुख्यमन्त्रीमा प्रस्ताव गरेका थिए । अतिशी हाल केजरीवाल...
एजेन्सी– पूर्वअमेरिकी राष्ट्रपति तथा राष्ट्रपतीय निर्वाचनका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको फेरि हत्या प्रयास भएको छ । फ्लोरिडा राज्यस्थित निजी गल्फ कोर्टमा गल्फ खेलिरहेको समयमा उनीमाथि हत्या प्रयास भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । तर, आक्रमण हुनै लाग्दा सुरक्षाकर्मीले आक्रमणकारीलाई नियन्त्रणमा लिएका कारण अप्रिय घटना...
नयाँदिल्ली– दिल्लीका मुख्यमन्त्री एवं आमआदमी पार्टीका अध्यक्ष अरबिन्द केजरीवाल जेलमुक्त भएका छन् । भारतको सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएपछि केजरीवाल जेलमुक्त भएका हुन् । शुक्रबार सर्वोच्च अदालतले केजरिवाललाई १० लाख जमानतमा छाड्न आदेश दिएको थियो । उनलाई तिहाड जेलमा राखिएको छ । जेलबाहिर...
एजेन्सी– मानवअधिकार हनन र भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार मृत्यु भएको छोरी केइको फुजिमोरीले जानकारी दिएकी छन । केइकोले ‘क्यान्सरसँगको लामो लडाइँपछि पूर्वराष्ट्रपतिको निधन’ भएको छोरी फुजिमोरीले पुष्टि गरेकी छन ।...
काठमाण्डु २७ भदौ– भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको निधन भएको छ । श्वास प्रश्वासमा समस्या भएपछि ७२ वर्षीय येचुरी केही समयदेखि उपचारमा गराइरहेका महासचिव येचुरी बिहिबार निधन भएको भारतीय अखबार हिन्दुले जनाएको छ । अत्यधिक ज्वरो आएपछि उनलाई १९ अगस्टमा एम्स...
एजेन्सी– दुई महिनापछि नोभेम्बर ५ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनको लागी अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र हालकी उपराष्ट्रपति कमला ह्यारिस यति बेला राष्ट्रपतिको चुनावी दौडमा रहेका छन । यसै क्रममा बुधबार बिहान भएको डिबेटमा उनीहरुबीच डेढ घण्टासम्म बहस, घोचपेच अनि आरोप प्रत्यारोप चल्यो ।आरोप...
एजेन्सी– पाकिस्तानको समुद्रमा भारी मात्रामा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको भन्डार फेला परेको छ । यसको उत्खनन गर्न सकिएमा पाकिस्तानको भविष्य नै फेरिने पाकिस्तान सञ्चार माध्यमहरूले जनाएका छन । समुद्री क्षेत्रको तेल र ग्यास भन्डार पुष्टि गर्न पाकिस्तानले एक मित्र देशसँगको सहकार्यमा तीन वर्षीय...
एजेन्सी– भेनेजुएलाका नेता एडमन्डो गोन्जालेजले देश छाडेका छन् । गोन्जालेजले स्पेनमा राजनीतिक शरण लिएका छन् । विपक्षी नेता गोन्जालेज गत २८ जुलाइमा सम्पन्न राष्ट्रपति निर्वाचनमा उम्मेदवार थिए । राष्ट्रपति निर्वाचनपछि उनीविरुद्ध एक अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । राष्ट्रपति चुनावबात निकोलस मदुरो तेश्रोेपटक...
एजेन्सी– शुक्रबार भारतले मध्यम दूरीको ब्यालेस्टिक मिसाइल अग्नि–४ सफलतापूर्वक प्रक्षेपण गरेको छ । यसलाई ओडिशाको चंडीपुरको एकीकृत परीक्षण दायराबाट प्रक्षेपण गरिएको भारतको रक्षा मन्त्रालयले जानकारी दिएको छ । यो प्रक्षेपणले यसको परिचालन र प्राविधिक मापदण्डहरू पूरा गरेको जानकारी दिइएको छ। अग्नि–४ मिसाइल स्ट्रेटजिक फोर्सेज...