
एजेन्सी– अमेरिकी राष्ट्रपति जो बाइडेनले अमेरिका र भारत इतिहासमै हाल सबैभन्दा शक्तिशाली, नजिक र गतिशील भएको बताएका छन् ।
संयुक्त राष्ट्रसंघीय महासभामा भाल लिन अमेरिका पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटमा वाइडेनले यस्तो बताएका छन् । मोदीसँगको भेटबारे वाइडेनले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।
बाइडेनले मोदीले हरेकपटक भेट गर्दा फरक मुद्दामा सहकार्य गर्न तयार हुने उल्लेख गरेका छन् । मोदीले राष्ट्रपति वाइडेनसँगको भेट उपलब्धिमूलक भएको भन्दै निम्तोका लागि धन्यवाद दिएका थए ।
मोदीले सामाजिक सञ्जालमामार्फत आफूहरुबीच क्षेत्रीय र विश्वका एजेण्डामा छलफल भएको बताएका छन् ।