पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको निधन

काठमाण्डु टुडे २०८१ भदौ २७ गते १८:०६ मा प्रकाशित

एजेन्सी– मानवअधिकार हनन र भ्रष्टाचारको अभियोगमा दोषी ठहर भएका पेरुका पूर्वराष्ट्रपति अल्बर्टो फुजिमोरीको ८६ वर्षको उमेरमा निधन भएको छ । उनको बिहीबार मृत्यु भएको छोरी केइको फुजिमोरीले जानकारी दिएकी छन ।

केइकोले ‘क्यान्सरसँगको लामो लडाइँपछि पूर्वराष्ट्रपतिको निधन’ भएको छोरी फुजिमोरीले पुष्टि गरेकी छन । फुजिमोरीका डाक्टरले उनको जिब्रोको क्यान्सरबाट मृत्यु भएको पुष्टि गरेको अन्तराष्ट्रिय समाचार संस्था बीबीसीले जानकारी दिएको छ ।

फुजिमोरीले सन् १९९० देखि २००० सम्म पेरुमा शासन गरेका थिए । त्यसपछि उनी भ्रष्टाचारको आरोपका कारण सत्ताबाट बाहिरिन बाध्य भएका थिए । राष्ट्रपति रहँदा उनले वामपन्थी गुरिल्ला विद्रोहविरुद्ध कडा अडान लिएका थिए ।

त्यसलाई कतिपयले मानवअधिकार उल्लंघनको आरोप लगाएका थिए । तर विद्रोहीहरूले सत्ता कब्जा गर्ने सम्भावना देखिएका बेला फुजिमोरीले पराजित गरेको भन्दै उनको प्रशंसा गर्छन् ।

भ्रष्टाचार र मानवअधिकार हननका विषयमा दोषी ठहरिनुअघि उनी देश छाडेर भागेका थिए । तर उनी जापानमा पक्राउ परे र सुपुर्दगी गरियो । फुजिमोरीलाई भ्रष्टाचार, शक्तिको दुरुपयोग र सन् १९९० को दशकमा दुईवटा नरसंहारमा संलग्न रहेको जस्ता कैयौं मुद्दामा दोषी ठहर गरिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us