अर्थ

दसै तिहार बहार,टेलिकम सेवा शुल्कमा राहत

२०७० असोज १८ गते १७:३७

काठमाण्डु १८ असोज–नेपाल टेलिकमले नेपालीको महत्वपूर्ण चाड दसैँ, तिहार र छठलाई केन्द्रित गरी आफ्नो सेवाअन्तर्गत विभिन्न छुट दिएको छ । टेलिकमका प्रवक्ता गुणकेशरी प्रधानले शुक्रवार विज्ञप्ति जारी गरी कम्पनीअन्तर्गत जिएसएम र सिडिएमए सेवामा कम्पनीको नेटवर्कभित्र हुने एसएमएस सेवामा यही असोज २४ देखि आगामी कात्तिक...

आर्थिक वृद्धि साढे चार प्रतिशतमा सीमित रहने आइएमएफको प्रक्षेपण

२०७० असोज १८ गते ११:५०

काठमाण्डु १८ असोज–अन्तर्राष्ट्रिय मुद्राकोष (आइएफएफ)ले चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धिदर साढे चार प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । नेपालको पछिल्लो समग्र आर्थिक अवस्थाको मूल्याङ्कनका साथै वित्तीय क्षेत्र, सार्वजनिक खर्च व्यवस्थापन, कर व्यवस्थापनलगायत सुधारका प्रयासमा भएको प्रगतिको विश्लेषण गर्न आएको आइएफएफ टोलीले यो...

अर्थमन्त्री कोइराला न्युयोर्क जाने तयारीमा

२०७० असोज १८ गते १०:५०

काठमाण्डु १८ असोज –अर्थमन्त्री शङ्करप्रसाद कोइरालाले ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ मार्पmत नेपाललाई थप सहायता उपलब्ध गराउन अमेरिकी सरकारसँग आग्रह गरेका छन । नेपालका लागि अमेरिकी राजदूत पिटर डब्ल्यू बोडीसँंग शुक्रवार अर्थ मन्त्रालयमा भएको भेटमा मन्त्री कोइरालाले समृद्ध मुलुकले आर्थिक अवस्था कमजोर भएका देशलाई दिने सुविधा...

राहत बाँड्न कन्चनपुरमा अन्न भकारी

२०७० असोज १८ गते ४:४९

कञ्चनपुर, १८ असोज – आपतकालीन अवस्थामा बाढीबाट पीडित परिवारलाई राहत उपलब्ध गराउन सहजता पुर्‍याउने उद्देश्यले कञ्चनपुरका पाँच गाविसमा अन्न भकारीको व्यवस्था मिलाइएको छ । बाढीको उच्च जोखिममा रहेका लक्ष्मीपुर, रामपुर विलासीपुर, शङ्करपुर, श्रीपुर र देखतभुलीका सामुदायिक व्यवस्थापन समितिमा आबद्ध सर्वसाधारणले आफ्नै पहलमा अन्न भकारी...

एकीकृत बजार अनुगमन सुरु

२०७० असोज १८ गते ४:४६

भक्तपुर, १८ असोज – चाडपर्वमा उपभोक्ता नठगिऊन् भनेर आन्तरिक राजस्व कार्यालय भक्तपुरले एकीकृत बजार अनुगमन सुरु गरेको छ । कार्यालयले बजारमा उपभोक्ताले सामान खरिद गरेपछि भ्याट बिल लिने नगरेको र बिक्रेताले पनि भ्याट बिल दिने नगरेको पाइएपछि यसलाई चुस्त बनाउन बजार अनुगमन सुरु गरेको...

मदिरा बेच्ने र होटल खोल्ने समय तोकियो

२०७० असोज १८ गते ४:०५

स्याङ्जा, १८ असोज–चाडबाड र संविधानसभा निर्वाचनलाई केन्द्रित गरेर थालिएको विशेष सुरक्षा रणनीतिअन्तर्गत स्थानीय प्रशासनले मदिरा पसल र होटल सन्चालन गर्ने समय निर्धारण गरेको छ । जिल्ला प्रशासन कार्यालय स्याङ्जाले साँझ ८ बजेपछि मदिरा बेचबिखन नगर्न र ९ बजेदेखि होटल÷पसल बन्द गर्न व्यवसायीहरुलाई निर्देशन दिएको...

चार वर्षदेखि नुनमा घोटाला

२०७० असोज १७ गते ११:११

जुम्ला, १७ असोज–साल्ट ट्रेडिङ उपशाखा कार्यालय जुम्लामा विगत चार वर्षदेखि नियम विपरीत नुनमा तोकिएको भन्दा एक रुपैयाँ बढी लिने गरेको खुलासा भएको छ । बर्सेनि अञ्चल कार्यालय नेपालगन्ज बाँकेबाट उपशाखा कार्यालय जुम्लामा ६ हजार र नराकोट डिपोमा एक हजार २०० गरी जम्मा सात हजार...

मजदुरले बढेको तलब पाएनन्

२०७० असोज १७ गते ११:०९

विराटनगर, १७ असोज–सुनसरीको सोनापुरमा रहेको अरिहन्थ मल्टिफाइबर लिमिटेड (जुट उद्योग)मा कार्यरत श्रमिकले सरकारले वृद्धि गरेअनुसार तलब÷ज्याला नपाएको गुनासो गरेका छन् । सात हजारभन्दा बढी मजदुर कार्यरत रहेको सो उद्योग व्यवस्थापनले जेठको २७ देखि ३१ गतेसम्म बढेको ज्याला नदिएको बताइएको छ । यसरी वृद्धि भएको...

बागलुङ–बुर्तिवाङखण्डमा सिधा यातायात सुरु

२०७० असोज १७ गते ८:११

बागलुङ, १७ असोज–वर्षायाम सुरु भएसँगै अवरुद्ध मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङ–बुर्तिवाङ सडकखण्डमा सिधा यातायात सुचारु भएको छ । धौलागिरि अञ्चल जिप व्यवसायी समितिले गलकोटमा पर्ने दरमखोलामा ढाँट मर्मत गरेपछि सिधा यातायात सेवा सञ्चालनमा आएको हो ।  यसअघि गत असारदेखि दरमखोलालगायत सडकखण्डमा पर्ने अन्य खोलामा पानीको सतह...

खसीबोका खरिद मूल्यप्रति व्यवसायीको आपत्ति

२०७० असोज १७ गते ४:४१

नेपालगन्ज, १७ असोज–दसँै र तिहारलाई दृष्टिगत गरी नेपाल खाद्य संस्थान अञ्चल कार्यालय नेपालगन्जले निर्धारण गरेको जिउँदो खसीबोका खरिदको दररेटप्रति बाँकेका मासु व्यवसायीले विरोध जनाएका छन् । उनीहरूले संस्थानले कामय गरेको दररेटले स्थानीय व्यापारी मर्कामा परेको गुनासो गरेका हुन् । विरोधस्वरुप व्यवसायीले कोहलपुरमा संस्थानको खसीबोका...

दुई महिनादेखि सुर्खेतमा ग्यासको हाहाकार

२०७० असोज १७ गते ३:५०

सुर्खेत, १७ असोज–दसै‌तिहार लगायतका चाडपर्व नजिकिँदै गर्दा सुर्खेतमा ग्यासको हाहाकार भएपछि यहाँका सर्वसाधारणलाई दसै‌का बेला घरमा कसरी आगो बाल्ने हो भन्ने चिन्ता हुन थालेको छ । खाना पकाउनका लागि प्रयोग हुँदै आएको ग्यास दुई महिनादेखि हाहाकार भएपछि सर्वसाधारणलाई सास्ती भएको छ । जिल्लामा एक...

अाज मह महोत्सव

२०७० असोज १७ गते १:५८

काठमाण्डु, १७ असोज – व्यावसायिक कीट विकास निर्देशनालय हरिहरभवन र केन्द्रीय मह व्यवसायी संघको संयुक्त आयोजनामा काठमाण्डुमा विहीबार पहिलोपटक राष्ट्रिय मह महोत्सव हुँदै छ । १७ असोजदेखि २० गतेसम्म राष्ट्रिय सभागृहमा हुने महोत्सवका लागि चितवन, सिराहा, नवलपरासी, दाङ, दैलेख, लमजुङ, ताप्लेजुङ, धादिङलगायत ३२ जिल्लाका...

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us