भद्रपुर, १७ असोज – मेची अञ्चलको एक मात्र पहाडी जिल्लामा चामल बिक्री–वितरण गर्दै आइरहेको नेपाल खाद्य संस्थान अञ्चल कार्यालय विर्तामोडसँग पर्याप्त मात्रामा चामल सञ्चित रहेको छ । सो कार्यालयले साउनदेखि हालसम्म ताप्लेजुङमा ७ सय ९२ क्विन्टल चामल बिक्री–वितरणका लागि पठाइसकेको र कार्यालयको गोदाममा ७...
जनकपुरधाम, १६ असोज–नेपाल–जापान सहयोग नामक एक गैरसरकारी संस्थाले जनकपुरबाट दुई करोडभन्दा बढी रकम ठगी गरेको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा दर्ता रहेको सो संस्थाले जनकपुरको भानुचोकस्थित पञ्जियार भवनमा कार्यालय स्थापना गरी स्यालोट्युवेल र शौचालय निर्माण गर्ने अवधारणा सार्वजनिक गरेर रकम...
काठमाण्डु, १६ असोज – नेपाल खाद्य संस्थानले दसैँका लागि बुधबारदेखि खसीबोका बिक्री शुरु गरेको छ । सुदूरपश्चिमका पहाडी भेगबाट खरिद गरी काठमाण्डु ल्याइएका खसीबोकाको मूल्य निर्धारण गरी बुधबारबाट बिक्री थालेको हो । आमउपभोक्ताको सुविधालाई मध्यनजर गर्दै यसपटक चाँडै बिक्री शुरु गरेको संस्थानका महाप्रबन्धक डा....
अछाम, १५ असोज–अछाममा नक्कली नेपाली नोटको कारोबार गर्ने गिरोह पछिल्लो समयमा सक्रिय बनेको छ । बंैकमा नक्कली नोट भेटिने क्रम बढेपछि नक्कली नोट कारोबारमा संलग्न गिरोह नै सक्रिय बनेको निष्कर्ष बैंकहरूले निकालेका छन् । पछिल्लो १५ दिनभित्र मालिका विकास बैंक मङ्गलसेन शाखामा एक हजार...
सङ्खुवासभा, १५ असोज–हिमाली तथा उच्च पहाडी क्षेत्रका बासिन्दाको आम्दानीको स्रोत रहेको चौंरी र याकको सङ्ख्या बढाउन जिल्ला पशुसेवा कार्यालय सङ्खुवासभाले उत्पादन कार्यक्रम सुरु गरेको छ । उत्पादन कार्यक्रमअन्तर्गत चौँरी र याकलाई चाहिने घाँसको अभाव हुन नदिन ह्वाइट क्लोबर जातको घाँसका साथै पोसिलो जातको घाँसखेती...
काठमाण्डु, १४ असोज– आन्तरिक राजस्व विभागले बजारमा सोमबारदेखि बिलबीजकको अनुगमन सुरु गरेको छ । विभागले बजारमा हुने कारोबारको अनुपातमा कर छली नहोस् भनी निगरानी गर्न सो कार्यक्रम थालेको हो । यही असोज २४ गतेसम्म जारी रहने सो कार्यक्रमअन्तर्गत उपभोक्ताले वस्तु खरिद गरेपछि बिल लिनका...
काठमाण्डु–१४ असोज–चुनावको बेला आर्थिक सहयोग अनिवार्य जस्तै हो । चुनावमा चन्दा दिएपछि चुनावपछि लाभ लिन सकिने दाउमा ठुला–ठुला उद्योगी व्यापारीले ठुलो रकम सहयोग गर्छन । यस्तो प्रचलन प्राय सवै ठाँउमा हुन्छ नै । तर, आगामी ४ मंसिरमा तोकिएको संविधानसभाको निर्वाचनका लागि भने ठुला व्यापारीकहाँ...
बागलुङ, १४ असोज–धवलागिरि अञ्चलमा चालु आर्थिक वर्षमा विकास योजना सञ्चालनका लागि सरकारले करिब तीन अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । अञ्चलका चारै जिल्लामा विकास कार्यक्रमका लागि सरकारले यो वर्ष दुई अर्ब ८० करोड ७७ लाख ८१ हजार रुपैयाँ विनियोजन गरेको छ । विभिन्न...
लमजुङ, १४ असोज – बेसीसहर–चामे सडकका ठाउँठाउँमा पहिरोले सडक भत्काएपछि तीन महिनादेखि सो सडकमा यातायात सञ्चालन हुन सकेको छैन । पहिरोले सडक भत्काएपछि मनाङमा पहिलेजस्तै हिँडेर जानुपर्ने अवस्था सिर्जना भएको छ भने खाद्यान्नलगायत सामानको ओसारपसारका लागि खच्चर र भरियाको भर पर्नुपर्ने अवस्था आएको छ...
काठमाण्डु, १३ असोज– प्रभू मनि ट्रान्सफरले दशैं, तिहार र छठका अवसरमा सार्वजनिक गरेको उपहार योजनाको पहिलो विजेताको नाम घोषणा गरेको छ । ‘प्रभूको पास लिउँ दशैं तिहार र छठ खुसीले मनाऔं’ भन्ने नारा तय गरिएको यस उपहार योजनाअनुसार जनकपुरकी कुशुमदेवीले एक किलोग्राक सिल्भर जितेकी...
काठमाण्डु असोज–सोल्टी होटल लिमिटेडस्थित क्यासिनोमा विगत ३० वर्षभन्दा बढी अवधि काम गरेका मुुकुन्दराज खरेलसहितका ४९ जना कामदार कर्मचारीहरुको बक्यौता पारिश्रमिक, भत्ता लगायतको ८ करोड रुपैंया ७ दिनभित्र भुक्तानी दिई साविक सेवामा लगाउन श्रम कार्यालय, वागमती अञ्चलले नयाँ व्यवस्थापन क्यासिनो माजोङलाई शुक्रबार आदेश दिएको छ...
काठमाण्डु, १२ असोज । अर्थमन्त्रालयले बजेटमा समेटिएका ९६ प्रतिसत आयोजना स्वीकृत गरेको छ । बजेट सार्वजनिक गरेको दुई महिनाको अवधिमा मन्त्रालयले ९६ प्रतिसत आयोजना स्वीकृत गरेको हो । बजेट लक्ष्य अनुसार खर्च गर्न सरोकारवाला निकायलाई सहयोग पुगोस भनेर कार्यक्रम स्वीकृत गर्न तोकेता गरिएको हो...