आन्तरिक राजश्व विभागबाट कर अनुगमन सुरु

काठमाण्डु टुडे २०७० असोज १४ गते १३:३३ मा प्रकाशित

काठमाण्डु, १४ असोज– आन्तरिक राजस्व विभागले बजारमा सोमबारदेखि बिलबीजकको अनुगमन सुरु गरेको छ । विभागले बजारमा हुने कारोबारको अनुपातमा कर छली नहोस् rajaswaभनी निगरानी गर्न सो कार्यक्रम थालेको हो । यही असोज २४ गतेसम्म जारी रहने सो कार्यक्रमअन्तर्गत उपभोक्ताले वस्तु खरिद गरेपछि बिल लिनका लागि प्रेरित गर्ने तथा व्यवसायीले बिल दिन नमानेमा कारबाहीसम्म हुने विभागले जनाएको छ ।
चाडबाडका समयमा बजारमा उपभोक्ताको चहलपहल बढ्ने भएकाले विभिन्न व्यावसायिक गृह, व्यापारिक केन्द्र तथा अत्याधुनिक वस्तु पाइने कम्लेक्समा हुने आर्थिक गतिविधि निगरानीका लागि कर अधिकृतसहितको टोली बसेर उपभोक्ताको बिल परीक्षण गर्न लागिएको हो । बिल नलिएका उपभोक्तालाई बिल लिनका लागि सम्बन्धित बजारमा फर्काउने कार्य गरिएको छ ।
विभागका महानिर्देशक टङ्कमणि शर्माले बिलबीजक जारी गरी कर नछुटोस् भन्ने उद्देश्यले पाँच जनाको समूह बनाएर अभियान थालिएको बताए । सो कार्यका लागि काठमाडौँमा करिब २०० जना खटाइएको छ । व्यवसायीले कुनै पनि बहानामा बिल दिन आनकानी गरेमा रु पाँच हजारदेखि रु १० हजारसम्म जरिवाना गर्नसक्ने उनले जानकारी दिए ।  रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us