काठमाण्डु, ८ असोज – आगामी चाडपर्वलाई मध्येनजर गरी जिउँदो भेडाच्याङ्ग्राको मूल्य तोकिएको छ । जीवित भेंडाको प्रतिकिलो ४ सय ७५ र च्याङ्ग्राको ४ सय ५० मूल्य निर्धारण गरिएको हो । तोकिएको अधिकतम मूल्यभन्दा बढिमा बिक्री गर्नेलाई कारबाही गरिने स्थानीय प्रशासनले जनाएको छ । आगामी...
काठमाण्डु, ८ असोज –बिरामीको उपचारका लागि निःशुल्क वितरण हुने औषधिको म्याद जाजरकोट सदरमुकामसम्म पुर्याउन नपाउँदै बाटोमै सकिएको छ । सरकारले विरामीकालागि निःशुल्क वितरण गर्न भनेर बाराको पथलैयाबाट पठाएको लाखौं मूल्य पर्ने औषधीको म्याद सदरमुकामसम्म नपुग्दै गुज्रिएको हो । झाडापखाला, लुतो, दम, भाइरल ज्वरोलगायत रोगका...
दमौली, ८ असोज – दसैं, तिहार र छठ पर्वलाई ध्यानमा राखी शान्ति सुरक्षाको अवस्थामा सुधार ल्याउन तनहुँ सदरमुकाम दमौलीका होटल तथा रेष्टुराँहरू ९ बजेभित्र बन्द गरिने भएको छ । चाडपर्वहरूमा चोरी, डकैती, लुुटपाटका साथै आपराधिक घटनाहरू हुन नदिन सुरक्षालाई ध्यानमा राखी त्यस्तो निर्णय गरिएको...
काठमाण्डू, ७ असोज–नेपाल सरकारलाई धेरै राजश्व तिर्नेको सूचीमा सरकारी स्वामित्वको नेपाल टेलिकम सबैभन्दा अगाडी छ । यो क्रम केहीवर्षदेखि चलिरहेको छ । त्यसो त सरकारी स्वामित्वका राष्ट्रिय बाणिज्य बैंक र कृषि बिकास बैंक पनि राजश्व तिर्ने प्रमुख दश भित्र परेका छन । प्रमुख दश...
काठमाण्डु, ७ असोज–अर्थमन्त्री शंकरप्रसाद कोइरालाले आयातमुखी अर्थतन्त्रबाट आर्थिक क्रान्ति सम्भव नहुने बताएका छन् । उद्योग मन्त्रालयअन्तर्गत सञ्चालित लघु उद्यम विकास कार्यक्रमले गरेको छलफलमा मन्त्री कोइरालाले उत्पादनमुखी अर्थतन्त्रबाट मात्र दिगो विकास सम्भव हुने बताए । जनताको आर्थिक अवस्था मजबुत बनाउन स्थानीय उद्यमी र उद्योगहरुलाई प्रोत्साहित...
विराटनगर, ७ असोज– मोरङ जिल्लामा एकैपटक २८ वटा सडक निर्माण सुरु भएको छ । हरेक गाविसलाई जिल्ला सदरमुकाम विराटनगरसँग जोड्ने उद्देश्यले चार करोडको लागतमा सडक निर्माणका आयोजना सुरु भएको हो । बेलायती अन्तर्राष्ट्रिय विकास नियोग (डिएफआइडी)को परियोजनाअन्तर्गत ४८ किलोमिटर ग्राभेल तथा आठ किलोमिटर कालोपत्रे...
जुम्ला, ७ असोज–गुणस्तरहीन स्याउका कारण जुम्लाका व्यापारीले दुई लाख रुपैयाँसम्म घाटा व्यहोर्नुपरेको छ । स्थलमार्गबाट करिब १४ टन स्याउ सुर्खेत र नेपालगन्ज पुर्याएपछि स्याउ कुहिनुका साथै त्यसको तौलमा कमी आएको र त्यसबाट आफूलाई दोब्बर घाटा भएको पातारासी गाविसका व्यापारी पूर्णबहादुर बोहराले बताए । ‘स्याउ...
नुवाकोट, ६ असोज– क्षमता वृद्धिको विवादका कारण अलपत्र परेको निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना सुचारु गर्न सरोकारवालाले माग गरेका छन् । माथिल्लो त्रिशूली थ्री ए जलविद्युत् आयोजना सरोकार समिति र माथिल्लो त्रिशूली थ्री ए र थ्री बी जलविद्युत् आयोजना जनसरोकार समितिलगायत संघसंस्थाले...
वीरगंज, ६ असोज – छिमेकी मुलुक भारतको रक्शौलमा आइतबार बिहान एक ट्रान्सपोर्ट गोदाममा आगलागी हुदा गोदाममा रहेका लत्ताकपडा सहित करोडौं रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । भारतिय टीसीआई ट्रान्सपोर्टको गोदाममा आईतवार विहान ९ बजे विद्युत सट भएर एक्कासी आगलागी हुदा ८ करोड...
नयाँदिल्ली । सिंगापुर एयरलाइन्ससँग मिलेर टाटा समूहले पूर्ण सुविधाको विमान सेवा सञ्चालन गर्ने निर्णयपछि टाटा साझेदार रहेको अर्को विमान कम्पनी एयर एशिया इण्डियाको भारतीय साझेदार विच्किएको छ । एयर एशियाको भारतीय साझेदार टेलिस्ट्रा ट्रेड प्लेसका प्रमुख अरुण भाटियाले सिंगापुर एयरलाइन्ससँग शुक्रवार टाटा समूहले गरेको...
काठमाडौँ । पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल ‘टान’ अध्यक्षमा रमेश धमला विजयी भएका छन् । गएराति अबेर सार्वजनिक गरिएको मत परिणामका अनुसार जाङ्बु शेर्पालाई पराजित गर्दै धमला निर्वाचित भएका हुन् । धमलाले खसेको कुल ५ सय ७ मतमध्ये ३ सय...
चितवन, ४ असोज–चितवनका व्यवसायीले शुक्रबार नारायणगढ बजार बन्द गराएका छन् । नारायणगढस्थित लक्ष्मीनारायण बस्त्रालयलाई राजस्व विभागले चार करोड ५८ लाख रुपैयाँ जरीवाना तोकेको विरोधमा उद्योग वाणिज्य संघ चितवनको आह्वानमा बजार बन्द गरिएको हो । संघले बुधबार भेला आयोजना गरी शुक्रबार जिल्लाका सम्पूर्ण उद्योग व्यवसाय...